आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले गरिमा विकास बैंक Garima Bikas Bank Limited मा सहज रुपमा कर्जा पाउने भएका छन् । बैंक र मोटर्सबिच भएको सम्झौताअनुसार ग्राहकले अशोक लेलैण्डको बिभिन्न प्रकारको सवारीमा कर्जा सुविधा प्राप्त गर्ने भएका हुन् ।
यस सम्झौता अनुरुप मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा बैंकबाट पाउने भएका छन् ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।