अशोक लेलैण्डको गाडी किन्न कर्जा दिदैँ ज्योति विकास बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 04:04:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले ज्योति विकास बैंक Jyoti Bikash Bank Limited मा सहज र सरल रुपमा कर्जा पाउने भएका छन् । बैंक र मोटर्सबिच भएको सम्झौता अनुसार बैंकले अशोक लेलैण्डको विभिन्न प्रकारको सवारीमा सहज रुपमा कर्जा सुविधा प्रदान गर्ने भएको हो ।

अशोक लेलैण्डको सवारीमा ग्राहकले सहज र सरल रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा प्राप्त गर्ने मोटर्सले जनाएको छ ।

सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मा  र मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved