सरकारी गाडीको दुरुपयोग बढ्दा स्पेयर पार्ट्सको मागमा कमि

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 07, 2019 | 09:22:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी गाडीको दुरुपयोग बढ्दा स्पेयर पार्टसको माग घटेको देखिएको छ। सरकारी कार्यालयका बिग्रेका सवारी मर्मत नगरी नयाँ किन्ने क्रम बढेकाले स्पेयर पार्ट्सको माग घटेको नेपाल अटोमोबाईल्स डिलर्स एसोसियसन (नाडा) का महासचिव सुनिल रिजालले बताएका छन।

आर्थिक बर्ष २०७४/०७५ मा १७ अर्बको स्पेयर पार्ट्सको आयात भएकोमा गत बर्ष यसको माग घट्ने महासचिव रिजालको भनाई छ। कतिले घट्छ त्यसको तथ्यांक अहिले तयार भईनसकेपनि माग भने घटेको देखिने उनको भनाई छ।  

स्पेयर पार्ट्सको कुल खपतको ०.१ प्रतिशत मात्रै नेपालमै उत्पादन हुने गरेकाले निश्चित म्याद भएका समान समेत आयात मै भर पर्नुपरेको रिजालको भनाई छ। राजश्व संकलनको एउटा महत्त्वपूर्ण क्षेत्र मानिने स्पेयर पार्ट्सबाट मात्रै करिब ७ अर्ब राजश्व संकलन हुँदै आएको छ। 

सरकारले स्वदेशमै सवारी उत्पादन गर्ने भनेपनि नेपालमा स्पेयर पार्ट्स उत्पादन बढ्न सकेको छैन। जसले गर्दा गाडीमा प्रयोग हुने सामान्य औजार समेत आयत गर्नु पर्ने भएकाले भन्सारमा आधारित मूलुकको अर्थतन्त्रमा अटोमोबाईल्स क्षेत्रको योगदान उच्च देखिन्छ।

रिजालकाअनुसार एउटा गाडी पूर्ण हुन १८ हजार पार्टस् चाहिन्छ। यी मध्ये नेपालमै उत्पादन हुने पार्ट्सको संख्या न्यून छ। इन्जिनवाला गाडी तयार बन्न यतिका धेरै पार्टस् चाहिने भएपनि ब्याट्रिवाला सवारीका साधनमा भने केही कम इन्जिन लाग्छन् । एउटा स्पेयर पार्टस् नहुँदा गाडी नै नचल्ने अवस्था आउने भएकाले सवारी साधनमा स्पेयर पार्टस्को महत्व बढी हुने व्यवसायीको भनाई छ ।     

नेपालमा बढी खपत हुने स्पेयर पार्टस्मा लुब्रिकेण्टस् पहिलो नम्बरमा पर्छ । यसको निश्चित आयु हुने भएकाले म्याद गुज्रिनासाथ अर्को फेर्नुपर्छ । त्यसैगरी ब्रेक आयल, बेरिङ लगायतका स्पेयर पार्टस्को पनि निश्चित आयु हुन्छ । त्यसैले यी पार्टसहरु धेरै खपत हुने मध्येमा पर्दछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved