धेरै लुब्रिकेन्ट्स बिक्रि गर्ने रिटेलरलाई नेपाल ल्युब आयलद्धारा सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 03:54:30 PM मा प्रकाशित

laxmi  sunrise bank

गल्फ लुब्रिकेन्ट्सको उत्पादक नेपाल ल्युब आयलले बुधबार गल्फ रिटेलर मिट सम्पन्न गरेको छ । काठमाडौंका लागि गल्फको आधिकारिक वितरक एभ ट्रेडिङको समन्वयमा भएको रिटेलर मिटमा विभिन्न संस्थाहरु पुरस्कृत समेत भएका छन् । 

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद  न्यौपानेले उपभोक्तालाई मर्कामा पारेर नभई आफ्नो नाफाबाट मात्र उपहार कुपन बाँड्न र गुणस्तरीय लुब्रिकेन्ट्सको प्रयोग गर्न व्यवसायीलाई आग्रह गरेका छन् । 

माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराईले सवारी साधनको मर्मत सम्भार गर्दा सावधानी अपनाएर गुणस्तरीय लुब्रिकेन्ट्स र पार्ट्स प्रयोग गरिए सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए । 

नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का उपाध्यक्ष प्रदीप घिमिरेले लुब्रिकेन्ट्सको काम गर्दा मेकानिक्सहरुमा देखिन सक्ने स्वास्थ्य समस्याका वारेमा समेत लुब्रिकेन्ट उत्पादकहरुले ध्यान दिनुपर्ने बताए । 

नेपाल ल्युब आयलका नेसनल सेल्स म्यानेजर रविन्द्र उपाध्यायले गल्फ लुब्रिकेन्ट्सको गुणस्तरीयता वारेमा जानकारी प्रदान गर्दै मेकानिक्सहरुले समेत लुब्रिकेन्ट्सको वारेमा जानकारी लिनु आवश्यक भएकाले बताए । 

नेपाल अटो ट्रेडिङका प्रबन्ध निर्देशक रामप्रसाद कँडेलले ग्राहक र कम्पनी बीचको सम्बन्ध मजबुत बनाउनका लागि रिटेलरहरुको भूमिका महत्वपूर्ण भएको बताए ।

एभ ट्रेडिङका प्रबन्ध निर्देशक मधुसूदन सिग्देलले गल्फ लुब्रिकेन्ट गुणस्तरीय भएकै कारण एभ ट्रेडिङले काठमाडौं क्षेत्रमा राम्रो व्यवसाय गर्न सफल भएको बताउदै यो कार्यमा संलग्न सबै व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे । 

राम्रो परिमाणमा गल्फ लुब्रिकेन्ट्स बिक्री–वितरण गर्ने रिटेलर तथा मेकानिक्सहरुलाई विभिन्न उपहार प्रदान गरिएको थियो । यस अन्तर्गत धनश्री अटो केयरले बुलेट क्लासिक ३५० बाइक प्राप्त गरेको छ । आगामी आर्थिक वर्षका लागि सिन्धुली अटो पार्ट्सले धेरै बिक्री गर्ने प्रतिबद्धता जनाउदै सुजुकी अल्टो ८०० कार अग्रिम रुपमा प्राप्त गरेको छ । 

त्यसैगरी राम मोटरसाइकल वर्कसप, दिलिप मोटरसाइकल वर्कसप र विकास मोटरसाइकल वर्कसपले ३२ इन्चको एलईडी टीभी पाएका छन् भने आरके मोटरसाइकल वर्कसप, राजु अटो पार्ट्स र गिरी अटो पार्ट्सले वासिङ मेसिन पाएका छन् । न्यु श्रेष्ठ अटो पार्ट्सले भने आईफाइभ ल्यापटप प्राप्त गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved