९५ ब्राण्डले सहभागीता जनाउने ‘नाडा अटो शो’को तयारी पूरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 03:25:54 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नाडा अटो शो’ १४ औँ संस्करण आगामी भदौ १० गतेबाट सुरु हुने भएको छ । नेपाल अटोमोवाइल्स डिलर्स एसोसियसन (नाडा) का अनुसार ‘शो’को सम्पूर्ण तयारी पूरा भएको छ । 

यस पटकको ‘अटो शो‘मा चार पाङ्ग्रे सावरुी विक्रेता २३ र दुई पाङ्ग्रे सवारकिा १९ वटा विक्रेता कम्पनीले सहभागिता रहने छ । अटो शो ६ दिनसम्म चल्नेछ । अटो शोमा १२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी र १३ वटा वित्तीय संस्था गरि ९५ ब्राण्डको सहभागिता रहने छ । प्रदर्शनीमा १६० वटा स्टल तथा ब्लक रहने छन् । 

अटो शोमा यसवर्ष विद्युतीय सवारी साधानको प्रदर्शन बढ्ने अनुमान गरिएको छ । नाडाले गतवर्ष पनि केही कम्पनीले विद्युतीय सवारी प्रदर्शन गरेको जनाउँदै यसवर्ष थप बढ्ने अपेक्षा गरेको छ । अटो शोमा करिब ७५ हजार आगन्तुकले अवलोकन गर्ने आयोजकले अनुमान गरेका छन् । 

अटो शोको अवलोकनका लागि विद्यार्थीलाई १५० र सर्वासधारणलाई २०० रुपैयाँ टिकट दस्तुर तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved