‘नाडा अटो शो’मा १९ बाइक कम्पनीबीच तीब्र प्रतिस्पर्धा, कसले के ल्याउँदैछन ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 22, 2019 | 11:35:05 AM मा प्रकाशित

laxmi  sunrise bank

अटो व्यवसायी (सवारी विक्रि गर्ने व्यवसायी) को कुम्भ मेला ‘नाडा अटो शो २०१९’ भदौ १० देखि सुरु हुँदैछ । ५ दिनसम्म चल्ने उक्त मेलामा विभिन्न सवारी साधन विक्रि गर्ने कम्पनीबीच तीव्र प्रतिस्पर्धा चुलिएको छ । अटो शोमा भाग लिने कम्पनीहरु प्रतिस्पर्धीको तुलनामा आफ्ना नयाँ उत्पादन र राम्रो स्किमको दौडधूपमा छन् । 

अटो शोमा १९ वटा बाईकहरुले भाग लिँदैछन् । कतिपयले आफ्ना पूरानै प्रडक्टहरु विक्रिमा राख्दैछन् भने कतिले नयाँ उत्पादन समेत लञ्च गर्दैछन् । शोमा भाग लिने कम्पनीमध्ये केहीसँग हामीले ‘शोमा विशेष के ल्याउँदै हुनुहुन्छ’ भनेर सोधेका छौँ । शोमा कुन मोटरसाईकल कसरी प्रस्तुत हुँदैछन् ? यसबारे तयार पारिएको सामग्रीः

टिभिएस

टिभिएस मोटरसाईकलले यसवर्षको नाडा अटो शोमा नयाँ प्रडक्ट ल्याउने तयारी गरेपनि अन्तिममा ल्याउन सकेन । समय अभावका कारण टिभिएसले यसवर्ष पूरानै मोटरसाईकललाई प्रदर्शनमा राख्ने भएको छ ।

पूरानै बाईकमा पनि टिभिएसले विभिन्न अफर दिने जनाएको छ । टिभिएसको स्टल नम्बर ‘एल १८’ हो ।

होन्डा

नेपालमा धेरै खपत हुने मध्येको मोटरसाईकल हो होन्डा । होन्डाले यसवर्षको नाडा अटो शोमा २ वटा नयाँ मोटरसाईकल प्रदर्शन गर्दैछ । यसअघि नै बजारमा आइसकेको ‘प्लेजर प्सल’ र नयाँका रुपमा ‘एक्स प्लस’ मोटरसाईकल होन्डाले ल्याउँदैछ ।

यसअघि प्लेजर प्लस १०० सिसिको थियो, तर नाडामा प्रदर्शनमा राख्न लागिएको प्लेजर प्लस भने ११० सिसिको हो । अर्को एक्स प्लस भने नयाँ हो । 

होन्डाले नाडा र दशैँ तिहार अफर एकैपटक ल्याउँदै छ । मंगलबार सम्ममा दशै अफर सार्वजनिक गरिसक्ने र नाडामा बाईक किन्न आउने ग्राहकले दशैँ अफर अन्तर्गत नै छुटमा बाइक किन्न सक्ने होन्डाले जनाएको छ । 

बजाज

नेपालमा धेरै विक्रि हुने मोटरसाईकलमा बजाज अगाडी छ । तर यसवर्षको नाडा अटो शोमा बजाजले पनि आफ्ना नयाँ प्रडक्ट नल्याउने भएको छ । पूरानै उत्पादनलाई नाडा अटो शोमा प्रदर्शनको तयारीमा रहेको बजाजले विभिन्न स्किम भने ल्याउने जनाएको छ ।

स्पेशल नभएपनि बजाजले पूरानै उत्पादनबाट ग्राहकको मन जितेको कम्पनीको दाबी छ । यसवर्षको नाडा अटो शोमा बजाजको स्टल नम्बर ‘जे १२’ हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved