हाईब्रिड कारः यस्ता छन् काईदाका फाईदा !

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 22, 2019 | 12:25:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हाईब्रिड गाडीको आयातमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेसँगै यतिबेला यसको चर्चा चुलिएको छ । साधारण कार भन्दा फरक रहेका यस्ता गाडीको प्रयोग विकसित देशहरुमा ह्वात्तै बढेको छ ।

हाइब्रिड कारमा २ प्रकारको इन्जिन हुन्छ । एउटा इलेक्ट्रिक इन्जिन हुन्छ भने अर्को पेट्रोल वा डिजल इन्जिन हुन्छ । दुवै इन्जिनले गाडीलाई पावर सप्लाई गर्न सक्छ । दुईवटा इन्जिनको मिश्रण भएकैले यसलाई हाईब्रिड भनिएको हो । यसको मुख्य फाइदा भनेको तेल सकिंदा पनि इलेक्ट्रिक इन्जिनको मद्दतमा गाडी चलिरहन्छ । हाईब्रिड कारले अन्य कारको तुलनामा २० देखी ३० प्रतिशतसम्म इन्धन बचत गर्ने विज्ञहरु बताउछन् । 

हाइब्रिड कार पर्यावरणको लागि निकै राम्रो छ । हाइब्रिड कारले प्रदूषण कम फैलाउने भएकाले यसमा आकर्षण बढेको हो । 

के छन् अन्य फाइदा ?

१) २ प्रकारको इन्जिन भएकोले यसले ६० माइल प्रतिघण्टासम्म स्पिड एक्सिलेरेसन दिन्छ । इन्जिन इफिसियन्सी र फ्युल माइलेजमा अन्य कार भन्दा यो उपयुक्त मानिन्छ ।  

२) यस्ता कारले ध्वनी प्रदूषण कम गर्ने भएकोले वातावरण मैत्री छ ।  

३)  त्यस्तै इन्धन र इलेक्ट्रिक इन्जिनको मिश्रण हुने भएकाले परम्परागत कारभन्दा धेरै गुणा कम कार्बन उत्सर्जन गर्छ । 

४)  यसमा रिजेनेरेटिभ ब्रेकिङको सिस्टम रहेको छ अर्थात् स्पिड लिमिटमा ब्रेक लगाउँदा यस कारले बिद्युत उत्पादन गरी एक्स्ट्रा एक्सिलेरेसन दिन्छ ।

५)  यसको तौल कम हुने भएकोले पावर कन्जम्सन पनि कम हुन्छ ।  

नेपालमा सुजुकीले यस्ता हाईब्रिड भित्र्याईसकेको छ । यहि भदौ १० गतेदेखि सुरु हुने नाडा अटो शो २०१९ मा सुजुकीले यस्ता गाडी प्रदर्शनमा राख्ने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved