‘नाडा अटो शो’मा २३ गाडी कम्पनीबीच प्रतिस्पर्धा, कसले के ल्याउँदैछन् ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 23, 2019 | 10:42:21 AM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाईल्स व्यवसायीको कुम्भ मेला मानिने नाडा अटो शो २०१९ भदौ १० बाट सुरु हुँदैछ । यस पटकको ‘अटो शो’मा चार पाङ्ग्रे सवारी विक्रेता २३ वटा कम्पनी भाग लिँदैछन् । सबै कम्पनी आफ्ना उत्पादन अब्बल सावित गर्न कस्सिएर लागेका छन् ।

५ दिनसम्म चल्ने उक्त मेलामा कतिपय कम्पनीले आफ्ना पूरानै प्रडक्टहरु विक्रिमा राख्दैछन् भने कतिले नयाँ उत्पादन समेत लञ्च गर्दैछन् । शोमा सहभागी जनाउने मध्ये केही कम्पनीसँग उनीहरुको योजनाबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीमा आधारित सामग्रीः

सुजुकी

नेपालका लागि मारुती सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले हाइब्रिड कार भित्र्याएको छ । कम्पनीले यसवर्षकोे ‘नाडा अटो शो’मा हाइब्रिड कार प्रदर्शनमा राख्ने भएको छ ।

सिजी मोटोकर्पले शोमा सुजुकीका तीन हाइब्रिड कार एस–क्रस, इर्टिगा र सियाज ल्याउने भएको हो । सिजी मोटोकर्पका मार्केटिङ म्यानेजर करुण शाक्यले विजपाटीसँग मारुती सुजुकीका स्मार्ट हाइब्रिड कार अटो शो मा मुख्य आकर्षणको रुपमा रहने दाबी गरे । 

सरकारले हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क छुट दिएपछि हाइब्रिड कार आउने क्रम बढ्ने अपेक्षा गरिएको छ । शोमा सुजुकीको स्टल नम्बर ‘इ १०’ हो ।

महिन्द्रा

नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले नाडा अटो शोमा ‘एक्सयूभी–३००’ तथा ‘मराजो’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । यी गाडी भारतीय बजारमा भने यसअघि नै सार्वजनिक भईसकेका छन् ।

महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी अन्तगृत पर्दछ । नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन गरिएको छ । 

नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । 

यस्तै निकै चर्चामा रहेको महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो शोमा राखिने भएको छ । मराजो ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध छ । 

फोर्ड

फोर्ड कम्पनीका सवारी नेपालमा रुचाईएका सवारी साधन अन्तर्गत पर्छन् । यसवर्ष नाडा अटो शोमा फोर्डले पूरानै २ मोडल राप्टर र रेन्जर प्रदर्शन गर्दैछ । राप्टर २०१९ को सुरुदेखि नै बजारमा छ भने रेन्जर २०१८ मै भित्रिएको ब्राण्ड हो । 

नाडा अटो शोमा पुगेर फोर्डका गाडी खरिद गर्ने ग्राहकलाई कम्पनीले एकैपटक ३ वटा स्क्रयाच कार्ड दिनेछ । चाडपर्व अफर अन्तर्गत कम्पनीले ‘सिँधै क्यास, नो बकवास’ क्याम्पेन सार्वजनिक गरिसकेको छ । यो अफर नाडा अटो शो मा पनि लागू हुने कम्पनीले जनाएको छ । यसरी दिईएका कुपनमा एउटा कुपनमा कम्तीमा २० हजारदेखि १ लाखसम्म चिठ्ठा पर्नेछ ।

ग्राहकले कम्तीमा ६० हजार र बढीमा १ लाख जित्न सक्नेछन् । यसबाहेक फ्रि बीमा लगायतका सुविधा पनि रहेको कम्पनीले जनाएको छ । नाडा अटो शोमा फोर्डको स्टल नम्बर ‘ए ९’ हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved