नाडामा साङयाङ मोटर्सको विशेष अफर, सामसुङ नोट टेन देखि निशुल्क विमासम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 06:32:46 PM मा प्रकाशित

laxmi  sunrise bank

साङयाङ मोटर्सले नादा अटो शोलाई लक्षित गरेर विभिन्न अफरहरु सार्वजनिक गरेको छ । कम्पनीले The Authentic Suit: Musso Grand नामक गाडीलाई पहिलो पटक प्रदर्शनीमा राखेको छ । नेपालको लागि कम्पनीको आधाकारिक बिक्रेता आईएमएस ग्रुप रहेको छ । कम्पनीक अनुसार यस पटक Rexton, Korando, Tivoli, XLV र Actyon Sports र SUT, Musso प्रदर्शनीमा छन् ।

कम्पनीले गाडी खरिद गर्दा सामसुङ ग्यालेक्सी नोट १० दिने आकर्षक अफर सार्वजनिक गरेको छ  । यद्यपि यो अफर Rexton, Korando, Tivoli, XLV र  Actyon Sports मोडलमा मात्र उपलब्ध हुने भएको छ  । साथै पुराना गाडीसंग नयाँ गाडी साट्ने सुबिधा समेत कम्पनीले दिएको छ ।

यी बाहेक ग्राहकले एक वर्षको बिमा, एक वर्षको सवारी कर. पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ता  २५ हजारसम्मको एसेसरिज लगायतका वुबिधा समेत पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ SUT को मूल्य ७३ लाख ९९ हजार तोकेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved