नेपालमा कसले चढ्छ ६२ लाखको बाइक ? (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2019 | 08:46:32 PM मा प्रकाशित

laxmi  sunrise bank

यतिखेर काठमाण्डौको भृकुटीमण्डप 'गाडीमय' भएको छ। नेपाल अटोमोवाइल्स डिलर्स एसोसियसन (नाडा) ले आयोजना गरेको १४ औं अटो शोमा एकसे एक गाडी तथा नयाँ मोडलका सवारीसाधन प्रदर्शनीमा छन।

गाडीहरुको कुम्भ मेला मानिने यस नाडा अटो शो मा बिभिन्न गाडी कम्पनीका नेपालका आधिकारिक बिक्रेताबीच (चार पांग्रेका २३ र दुई पाङ्ग्रेका १९) नयाँ र आकर्षक उत्पादन प्रदशनीमा तिब्र प्रतिस्पर्धा देखिएको छ।  

यस बर्षको मेलामा विद्युतीय कारको जसरि चर्चा उल्लेख्य छ त्यसैगरि महंगा बाइक समेत अवलोकनकर्ताको आकर्षणमा परेका छन। प्रदशनीमा रहेको एमभी अगस्टा बाइकले मेलामा घुम्न आउनेदेखि गाडी खरिद बुकिङ गर्न आउनेसम्मका सबैखाले भिजिटरहरुको ध्यान तानेको छ। 

एमभी अगस्टाले प्रदशनमा राखेका बाइकहरूमा विशेषतः मूल्यले अवलोकनकर्ताको ध्यान तानेको छ । एमभीको एउटै बाइकको मूल्य ६१ लाखभन्दा बढी छ।

नाडा अटो सो २०१९ मा एमभी अगस्टाको एफ सेरिजका बाइकहरु मुख्य आकर्षणको केन्द्रमा छन्। जसमा एफ थ्री, एफ फो र टुरिज्मो मोडलको बाइकले मेलाका अवलोकनकर्ताको ध्यान तानेको छ । बाइकको फोटो खिच्नेदेखि बाइकसँगै आफ्नै फोटो तथा सेल्फी खिच्नेहरुको भीड लाग्ने गरेको छ ।

६२ लाखको बाइक

एमभीको एफ फो मोडलको मूल्य ६१ लाख ९० हजार तोकिएको छ । बाइक नजिकै नोटमा बाइकको मूल्यदेखि बाइकका सम्पूर्ण स्पेफिकेसन राखिएको छ ।

इटालियन कम्पनी एमभी अगस्टाको यो बाइकमा ९९८ घन सेन्टिमिटर, सीसी इन्जिन क्षमता उपलब्ध छ । चार सिलिण्डर, चार स्टोक र १६ भल्भ इन्जिमा उपलब्ध यो बाइकको इन्जिनले १९५ एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्ने ब्रुसर नोटिसमा जनाइएको छ ।

अर्को मोडल हो टुरिज्मो भेलोसी ८०० । यो मोडलको बाइकले पनि भिजिटरहरुको राम्रै ध्यान तानेको छ । एमभीकै अर्को बहुमूल्य बाइक टुरिज्मोको मूल्य ५७ लाख ९० हाजर रुपैयाँ रहेको छ ।

तीन सिलिन्डर, चार स्टोक र १२ भल्भमा उपलब्ध यो बाइक ७९८ घन सेन्टिमिटरमा उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ११० एचपीको पावर र ८० एनएमको अधिकतम टक्र्यु उत्सर्जन गर्न सक्ने कम्पनीले जनाएको छ । 

नेपालमा कसले चढ्छ महंगा बाइक ?

प्रदशनीमा राखिएका महंगा बाइक देखेर अधिकांशले सोध्ने प्रश्न भनेको यत्तिका महंगा बाइक नेपालमा कसले चढ्छ भन्ने नै हो।  नेपालमा ६४ लाख पर्ने बाइक मात्रै नभई ८०–८५ लाखसम्मका महँगा बाइक चढ्ने व्यक्तिसमेत देखिन्छन। उच्च र सम्पन्न घरानाका व्यक्तित्वहरु नै यस्ता बाइक चढ्ने गरेको पाइको छ। 

नेपालमा आएका र महँगो मूल्यका बाइकमा हार्ली डेभिडसन,  डुकाटी, बीएमडब्लू, बेनेली, सुजुकी, होन्डा, एमभी अगस्टा अप्रिलिया लगायतका ब्रान्डेड बाइक हुन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved