‘मकिनो’को डिलर मिट सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 11:23:22 AM मा प्रकाशित

laxmi  sunrise bank

मकिनो अटोमोटिभ्सको डिलर मिट सम्पन्न भएको छ । उक्त डिलर मिटमा काठमाडौं उपत्यकाका डिलरहरुको सहभागिता थियो । 

मकिनो अटोमोटिभ्सका भाइस प्रेसिडेन्ट प्रविण बजाजले २५ देखि मकिनोका पार्ट्ससबै ब्रान्डका गाडी वा बाइकमा सो कम्पनीका उत्पादन ओरिजिनल इक्विपमेन्ट (ओई) का रुपमा प्रयोग भएको बताए । सिनियर एक्सपोर्ट म्यानेजर अमन कोहलीले मकिनोका विभिन्न उत्पादनमा प्रयोग गरिएको प्रविधिको वारेमा जानकारी गराउदै ग्राहकको माग बमोजिम यसमा अझै सुधार गर्न सकिने बताए । 

नेपालमा मकिनोका विभिन्न पार्ट्सको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले ग्राहकलाई उपलब्ध गराइरहेका विभिन्न पार्ट्सको वारेमा जानकारी दिए । 

सत्यदीप इन्टरनेसनलले ४ वर्ष देखि नेपाली बजारमा सवारी साधनमा प्रयोग गरिने मकिनोका क्लच प्लेट र ब्रेक एसेम्बली उपलब्ध गराइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved