नेपालमा हरेक वर्ष ‘नाडा अटो शो’ को सुरुवातसँगै अटोमोबाइल्स् क्षेत्रमा चहलपल बढ्छ । दसैंअघि आयोजना हुने अटो शोमा कम्पनीले ग्राहकका लागि नयाँ ब्रान्ड तथा डिस्काउण्टका अफर पनि सार्वजनिक गर्नेछन् । विशेषगरी नेपालीहरु नयाँ र आकर्षक वस्तु खरिद गर्न चाडपर्व नै पर्खने चलन छ ।
कम्पनीले ग्राहकलाई चाडको अग्रिम उपहार स्वरुप सवारीमा विभिन्न खालका आकर्षक उपहार दिने गरेका छन् । अफरसहित डिस्काउन्ट पाइने भएकाले ग्राहकले विषेशगरी भदौदेखि कात्तिकको समयमा सवारी खरिद गर्नेछन् । नाडाका अनुसार यो अवधिमा ३५ देखि ४० प्रतिशतसम्म सवारी खरिद हुन्छ । अटोमोबाइल्सहरुले यही अवधिमा विभिन्न अफर ल्याउने गर्छन ।
यस्ता छन् अफरः
बजाजको ‘भविष्यवाणी’दसैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नारासहित ‘बजाज भविष्यवाणी’ योजना सार्वजनिक गरेको छ । दसैं र तिहार चाडपर्वको अवसरमा बजाजले ग्राहकलाई मोटरसाइकल किन्नुअघि र किनेपछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको हो । बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकले बजाज मोटरसाइकल किन्नुअघि स्क्र्याच कार्ड प्राप्त गर्नेछन् ।
ग्राहकले एक लाख रुपैयाँसम्मको स्योर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् । ग्राहकले बजाज मोटरसाइकलको खरिदपछि फेरि अर्को स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । ग्राहकले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नुअघि र पछि एक लाख रुपैयाँसम्मको नगद जित्न सक्छन् ।
‘रातो टीका निधारमा’
नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले दसै र तिहारको उपलक्ष्यमा ‘रातो टीका निधारमा नयाँ हिरो घर घरमा’ भन्ने योजना ल्याएको छ । यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले पाँच हजार रुपैयाँ स्योर सट डिस्काउन्ट पाउनेछन् । यस्तै स्क्रयाच कार्ड मार्फत एक लाख रुपैयाँसम्म प्राप्त गर्ने छन् भने बम्पर उपहारमा लक्की ड्र मार्फत पनि एक जनाले १० लाख रुपैयाँ नगद पाउने छन् ।
‘होन्डा ह्विल अफ फर्च्युन’
नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैं तथा तिहार स्किम ‘होन्डा ह्विल अफ फर्च्युन’ ल्याएको छ ।
लक्की ड्र मार्फत भाग्यशाली विजेताहरूले ह्वील घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गर्ने छन् । होन्डाका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदकर्ताले एक लाखदेखि १० लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।
रनरको फेस्टिवल अफर
नेपालका लागि रनर मोटरसाइकलको आधिकारीक वितरक रमण मोटर्सले फेस्टिवल अफर सार्वजनिक गरेको छ ।
बंगलादेशको प्रतिष्ठित ब्रान्ड रनर मोटरसाइकलको खरिदमा योजना अवधिभर २० हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था छ । ग्राहकलाई चाडपर्वमा विशेष उपहार दिने लक्ष्यका साथ प्रत्येक सय जनामध्ये एक जना भाग्यशाली विजेताले बंगलादेशस्थित रनरको उद्योग अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् ।
यामाहाको ‘भिक्ट्री’
यामाहाका लागि नेपालको आधिकारीक वितरक एमएडब्ल्यू एन्टरप्राइजेजले ‘भिक्ट्री’ अफर ल्याएको छ । यस योजनामा यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्नेले स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कार्डमार्फत सात हजारदेखि एक लाख रुपैयाँसम्म छुट पाउनेछन् ।
कम्पनीले ‘भिक्ट्री’ अफर अन्तर्गत बाइक तथा स्कुटर खरिदकर्तामध्येबाट लक्की ड्र गरि एक जनालाई हरेक दिन एक लाख नगद प्रदान गर्ने भएको छ । यस्तै, लक्की ड्र मार्फत सातामा एकजनालाई आइफोन एक्सएस दिइने कम्पनीले जनाएको छ ।
टीभिएसको ‘दशैँ दौड’
टीभीएस मोटर्सका लागि नेपालको आधिकारीक वितरक जगदम्बा मोटर्सले ग्राहकका लागि दसैं दौड खफर ल्याएको छ । कम्पनीले आफ्ना सबै स्कुटर र मोटरसाइकलमाएक लाखसम्म छुट दिने योजना सार्वजनिक गरेको हो ।
साथै, कम्पनीले दशैंको अवधिमा आफ्ना जुनसुकै मोडल खरिद गर्ने ग्राहकलाई किन्ने वित्तिकै १०० प्रतिशत क्याश ब्याकको अफर दिने भएको छ । दुबै अफर स्क्राच कार्ड मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
सुजुकिको ‘च..च.. हुईईल’
सुजुकी दुई पांग्रे सवारीको आधिकारिक वितरक भीजी अटोमोबाइल्स्ले चाडपर्व लक्षित नयाँ योजना सार्वजनिक गरेको छ । सुजुकीले ‘च..च.. हुईईल’ अफर ल्याएको हो । यो योजना अन्तर्गत ग्राहकले तत्काल १० हजार रुपैयाँ नगद छुट पाउने छन् । साथै हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा लक्की ड्र मार्फत कम्पनील भर्खरै बजारमा ल्याएको जिक्सर एसएफ २५० सीसी जित्न सक्नेछन् । यो योजना कात्तिक ३० गतेसम्म देशभर लागु हुनेछ ।