दशैंमा कुन गाडी किन्दा कति छुट, के-के उपहार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2019 | 08:35:32 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपालमा हरेक वर्ष ‘नाडा अटो शो’ को सुरुवातसँगै अटोमोबाइल्स् क्षेत्रमा चहलपल बढ्छ । दसैंअघि आयोजना हुने अटो शोमा कम्पनीले ग्राहकका लागि नयाँ ब्रान्ड तथा डिस्काउण्टका अफर पनि सार्वजनिक गर्नेछन् । विशेषगरी नेपालीहरु नयाँ र आकर्षक वस्तु खरिद गर्न चाडपर्व नै पर्खने चलन छ । 

कम्पनीले ग्राहकलाई चाडको अग्रिम उपहार स्वरुप सवारीमा विभिन्न खालका आकर्षक उपहार दिने गरेका छन् । अफरसहित डिस्काउन्ट पाइने भएकाले ग्राहकले विषेशगरी भदौदेखि कात्तिकको समयमा सवारी खरिद गर्नेछन् । नाडाका अनुसार यो अवधिमा ३५ देखि ४० प्रतिशतसम्म सवारी खरिद हुन्छ । अटोमोबाइल्सहरुले यही अवधिमा विभिन्न अफर ल्याउने गर्छन ।

यस्ता छन अफर :
टोयोटा

टोयोटाका लागि नेपालको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आफ्नो चर्चित एसयूभी रसको खरिदमा तीन लाख ५० हजार रुपैयाँ छुट दिने भएको छ । कम्पनीले दसैंसम्म मात्र उपलब्ध हुनेगरी योजना ल्याएको हो । 
कम्पनीले सरको मिड एमटी मोडलमा यो योजना लागु गरेको जनाएको छ । मिड एमटी रसको मूल्य ७३ लाख ५० हजार रुपैयाँ छ । यसमा ३ लाख ५० हजार रुपैयाँ छुट दिएको कम्पनीले जानकारी दिएको छ । 
यसमा रहेको १४९६ सीसी फोर सिलिन्डर पेट्रोल इन्जिनले ६००० आरपीएममा १०४ पीएस पावर र ४२०० आरपीएममा १३६ एनएम टर्क उत्पादन गर्छ । यसमा २२० एमएमको ग्राउण्ड क्लेयरेन्स दिइएको छ । अटोम्याटीक र म्यानुअल दुवै ट्रान्समिसनमा उपलब्ध रस ४ भेरियन्टमा उपलब्ध रहेको छ । 
००००
निसान र डाट्सन

निसान र डाट्सनको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले चाडपर्वमा ग्राहक लक्षित आकर्षक योजना ल्याएको छ ।  निसान र डाट्सन ब्राण्डका सबै कारमा प्रदान गर्नेगरि कम्पनीले फेस्टिभ अफरको रूपमा हरेक कारको खरिदमा ५ पाँच लाखसम्मको छुट दिने जनाएको छ ।
जसमा फेस्टिभ ड्राइभ क्यास डिस्काउन्ट अन्तर्गत ३ लाखसम्म नगद छुट दिनुका साथै १ लाख रुपैयाँसम्मको फ्रि एसोसरिज, एक वर्षसम्मको सडक कर, तीन वर्षको वारेन्टी र सर्भि्सिङको सुविधा प्रदान गर्ने जनाएको छ । 

नेपाली बजारमा निसान र डाट्सन ब्राण्डका सात ह्याचब्याक, सात एसयूभी, दुई पिकअप, एक भ्यानसँगै एक सेडान कार बिक्री भइरहेका छन् ।  विभिन्न मोडलका गरि १८ कार बेच्दै आएको आएको छ । निसान र डाट्सनका गाडी भारत, थाइल्यान्ड र जापानमा उत्पादन भएका हुन् । 
०००

बिवाइडी

इलेक्ट्रीक कार उत्पादक कम्पनी बिवाइडीको लागि नेपालको आधिकारीक विरतक साइमेक्स इंकले चाडपर्वमा इलेक्ट्रीक कार किन्ने ग्राहकलाई अनौठो अफर दिने भएको छ । कम्पनीको विद्युतीय कार खरिद गर्ने ग्राहकले दसैंमा आफ्नो घर सफा गर्नुपर्दैन । कम्पनीले नै ग्राहकको घर सफा गरिदिन्छ । कम्पनीले  नाडा अटो सोको अवसर पारेर सार्वजनिक गरेको इलेक्ट्रीक कार एम–३ र अर्काे कार इ–६ मा मेगा बम्पर अफर ल्याएको हो ।  

अटो सोमा ल्याएको अफर योजनालाई आगामी दशै–तिहारसम्म प्रदान गर्ने कम्पनीले जनाएको छ । यी मोडलका इलेक्ट्रीक कार खरिद गर्न चाहने ग्राहकले एक वर्षसम्मको निःशुल्क इन्स्योेरेन्स, एक्सचेन्ज अफर, ८० प्रतिशतसम्मको फाइनान्स सुविधा पाउने छन् ।  
त्यसैगरी बिवाइडीको चार्जिङ स्टेशनबाट एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा, निःशुल्क होम चार्जरको अफर ल्याएको हो ।  
कम्पनीले त्यतिमात्र नभएर स्क्राच कार्डमार्फत ५० हजारसम्मको एडिडासका ब्राण्डेड सामान खरिद गर्ने सफिङ भउचरको साथै मेगा अफरमा एक जोडीलाई ११ दिनको युरोप भ्रमणसम्म पाउने कम्पनीले जनाएको छ ।

बिवाइडीले २० प्रतिशत डाउपेमेन्टमै ९.९९ प्रतिशत ब्याजदरमा इलेक्ट्रीक कार किन्न सकिने अफर ल्याएको छ । त्यसकालागि कम्पनीले ग्लोबल आइएमई बैंक, इभरेष्ट बैंक, नविल बैंक, सनराइज बैंक र इन्भेष्टमेन्ट बैंकसँग फाइनान्स सुविधाको लागि सम्झौता गरेको छ । 
००००
फोर्ड

कम्पनीले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ‘सिधै क्यास, नो बकवास’ नामक आकर्षक अफर ल्याएको छ । कम्पनीको यो अफर भदौ १ गतेबाटै लागु भएको हो । 
कम्पनीका अनुसार कार खरिद गर्ने ग्राहकले तीन ओटासम्म स्क्राच कार्ड कोट्याउन पाउने छन् । ग्राहकले प्राप्त गरेको स्क्राच कार्ड मार्फत अधिकतम ३ लाख छुट पाउने कम्पनीले जनाएको छ । क्यास डिस्काउन्टसँगै इन्स्योरेन्समा छुट र लोयलीटी बोनस प्रदान गर्ने योजना कम्पनीले अगाडि ल्याएको हो । यो अफर आफ्ना सबै मोडलमा प्रदान गर्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा फोर्डका इकोस्पर्ट, इन्डेभर, एस्पायर, फ्रि स्टाइल, र्याप्ट, रेञ्जर र फिगो जस्ता मोडल बिक्री वितरण हुँदै आएको छ । 
०००
होन्डाई

लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्वलाई ध्यानमा राख्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ सार्वजनिक गरेको छ । कम्पनीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना ल्याएको हो । भदौ २ गतेदेखि सुरु भएको यो योजना आगामी कात्र्तिक १६ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
कम्पनीको योजना अन्तर्गत ग्राहकले स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट पाउने छन् । यस्तै, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबई भ्रमणको अवसर प्रदान गरिने कम्पनीलेजनाएको छ । 
बम्पर उपहार अन्तर्गत ग्राहकले लक्की–ड्र मार्फत हुन्डाई सेन्ट्रो र हुन्डाई भेन्यू कार एक–एक थान जित्न सक्ने छन् । यस्तै, नयाँ योजना अनुरुप ग्राहकले आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बीमा सुविधा पाउने छन् ।
हुन्डाईको सबै गाडीमा ३ वर्ष वारेन्टी र ४ वर्ष निःशुल्क सर्भि्िसङका साथै निःशुल्क सवारी कर भुक्तानी सहितको सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । 
०००
स्याङ्योङ
स्याङ्योङले ‘माइन्ड बोलोइङ’ अफर ल्याएको छ । साथै स्याङ्योङको आधिकारीक बिक्रेता आईएमएस मोटरले ‘माइन्ड बोलोइङ’ अफर अन्तर्गत स्याङ्योङले आफ्नो ग्राहकलाई भर्खरै बजारमा आएको सामसङ ग्यालेक्सी नोट १० दिने भएको छ । साथै एक्स्चेन्ज गर्न चाहनेलाई एक्स्चेन्ज अफर, उचित मूल्य, एक वर्षको बीमा, एक वर्षको सवारी कर, पाँच वर्षको निःशुल्क सर्भि्सिङ, तीन वर्षको वारेन्टि, मासिक सरल किस्ता, २५ हजारसम्मको एसोसरीज दिने जनाएको छ । 
आईएमएस मोटर्सले स्याङ्योङका रेक्सटन, कोरान्डो, टिभोली, एक्सएलभी, एक्सन स्पोर्ट र मुसो पिकअपको बिक्री वितरण गर्दै आएको छ । 
०००
रेनो

रेनोले चाडपर्वलाई मध्यनजर गर्दै ‘शुभदिन ६’ अफर योजना ल्याएको छ । उक्त योजनामा गाडी किन्ने ग्राहकले ५ लाखसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ । 
रेनोको लागि नेपालको आधिकारीक बिक्रेता एड्भान्स अटोमोवाइलले उक्त अफर योजना अगाडि ल्याएको हो । कम्पनीले यस अफरमा गाडी किन्ने ग्राहकलाई नगद छुटको साथ लोयलटी बोनस, निःशुल्क बीमा, निःशुल्क एसोसोरिज, एक्स्चेन्ज बोनस र ५ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ । 
कम्पनीले बजारमा रेनो क्वीड, रेनो डस्टर, रेनो क्याप्चर र रेनो लोजीको बिक्री वितरण गर्दै आएको छ । अहिले रेनोका कार खरिदगर्न चाहने ग्राहकले ४ मोडलका २६ भेरियन्ट खरिद गर्न सक्ने छन् । 
००००
सुजुकी
चाडपर्वमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ । यस वर्ष कम्पनीले सुजुकी पवोत्सव योजनालाई सधैं झैं अगाडी सारेको छ । हरेक वर्ष सुजुकीको आफ्नो पर्वाेत्सव योजनामा विभिन्न विशेषताले भरिपूर्ण गर्दै आएको छ । यस वर्ष पनि कम्पनीले विशेष बनाएको छ । नाडा अटो सोदेखि प्रारम्भ भई दसैं तिहारसम्म लागू हुनेछ । वास्तवमै नेपाली समाजमा चाड पर्वमा नयाँ गाडी घर भित्र्याइने गरिन्छ । सुजुकीको पर्वोत्सवले सुजुकीका सबै मोडेलको लागि एउटा वेस्ट डिलका रुपमा स्थापित हुने भन्दै कम्पनीले यस वर्ष, सुजुकी पर्वोत्सव योजनामा २ लाखसम्मको नगद छुट, अधिकतम १ लाखसम्मको एक्स्चेन्ज बोनस, इ–स्क्र्याच सिस्टम मार्फत् अधिकतम १ लाखसम्मको थप छुट तथा १ वर्ष सम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिन्छ।
००००
फेस्टिवल ड्राइभ 

निसानको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले चाडपर्वमा ग्राहक लक्षित आकर्षक योजना ल्याएको छ ।  निसानका ब्राण्डका सबै कारमा प्रदान गर्नेगरि कम्पनीले फेस्टिभ अफरको रूपमा हरेक कारको खरिदमा पाँच लाखसम्मको छुट दिने जनाएको छ । जसमा फेस्टिभ ड्राइभ क्यास डिस्काउन्ट अन्तर्गत तीन लाखसम्म नगद छुट दिइनेछ । एक लाख रुपैयाँसम्मको फ्रि एसोसरिज, एक वर्षसम्मको सडक कर, तीन वर्षको वारेन्टी र सर्भि्सिङको सुविधा प्रदान गर्ने जनाएको छ । १० जना भाग्यमानी जोडीले मलेसियाको भ्रमणको अफर प्राप्त गर्नेछ । यस्तै पाँच जना ग्राहकले १० ग्राहम सुनको सिक्का जित्न सक्नेछन् । 
००००
फेस्टिभ हट डिल

नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘फेस्टिभ हट डिल’ योजना प्रस्तुत गरेको छ । कम्पनीले हालै न्यू गो गाडी बजारमा प्रस्तुत समेत गरेको छ । 
यो ड्याट्सन गो को नयाँ संस्करण हो । यसमा शक्तिशाली १.२ लिटर इन्जिन, रियर वाइपर, आर१४ डायमन्ड कट अलोय ह्विल, डुअल एयरब्याग जस्ता थप विशेषता यसमा विद्यमान रहेको कम्पनीले जनाएको छ। 
फेस्टिभ हट डिल अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै विशेषताहरुले भरिपूर्ण हट सुविधाहरु प्राप्त गर्न सक्नेछन । गाडी डेलिभरी गर्दा  कम्पनीले ग्राहकलाई ३१ हजार ९ सय ९९ रुपैयाँबराबरको एमआई८ लाइट मोबाइल निःशुल्क दिइनेछ।

यसै गरी गाडीका खरिदकर्ताहरु बीच लक्की ड्र गरीनेछ जसमा १० जना जोडीले थाइल्याण्डको भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जना ले १० ग्रामको सुनको सिक्का पाउनेछन् । यसका अतिरिक्त ड्याटसन गाडीको खरिदमा  ९९ हजार रुपैयाँ बराबरको निःशुल्क एक्सोसरिजहरु पाउनुको साथै एक वर्षको बीमा, तीन वर्षसम्मको वारेन्टी, तीन वर्षसम्म निःशुल्क सर्भि्सिङ्ग प्राप्त हुनेछ । साथै एक वर्षसम्मको सडक कर र एक लाख २५ हजार रुपैयाँसम्मको नगद छुट, फेस्टिभ डिस्काउन्टअन्तर्गत ५० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ ।
साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नेछन्। कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुविधा, बाई ब्याक अफर जस्ता थुप्रै सुविधाहरु प्राप्त गर्न सकिनेछ। यो फेस्टिभ हट डिलअन्तर्गत ड्याट्सन न्यू गोमा ३ लाख ४० हजार ६ सय ४६ तथा ट्याट्सन रेडि गोमा ३ लाख २२ हजार ६ सय ९६ रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजना नेपाल अधिराज्यभर रहेका आधिकारिक बिक्री केन्द्रहरुबाट लिन सकिने कम्पनीले जनाएको छ।



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved