नाडाको अध्यक्षमा शेखर गोल्छा निर्णायक !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 04:01:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा) मा चुनावी माहोल तातेको छ । आगामी पौष ४ गते हुने नाडाको ४३ औँ साधारणसभाले नाडाको आगामी नेतृत्व समेत चयन गर्ने भएकाले अध्यक्षका आकांक्षीहरु दौढधूपमा छन् । 

यसअघि नाडाको आगामी नेतृत्व हत्याउन ३ जना आकांक्षी थिए । यीमध्ये वर्तमान उपाध्यक्ष ध्रुव थापाले आफ्नो दाबेदारी फीर्ता लिईसकेका छन् । उनले वर्तमान उपाध्यक्ष तथा आगामी अध्यक्षका प्रत्याही कृष्ण प्रसाद दुलाललाई सघाउने अनौपचारिक जानकारी आएको छ । अर्का उपाध्यक्ष प्रकाश कपुरीले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । 

को बन्ला अध्यक्ष ?

नाडाको आगामी नेतृत्वमा राजनीतिक प्रभाव गौण देखिने निश्चित जस्तै भएको छ । व्यवसायीक संगठन भएका कारण व्यवसायीक घरानाहरुको प्रभाव मुख्य रहने र विगतका नेतृत्वले रुचाउने व्यक्ति अध्यक्ष बन्ने निश्चित रहेको एक पदाधिकारीले बताए । विशेष गरी गोल्छा अर्गनाइजेशन, सिप्रदी, ज्योति ग्रुप र निर्वतमान अध्यक्ष अञ्जन श्रेष्ठको समूहले रुचाउने व्यक्ति अध्यक्षमा आउने पक्का रहेको नाडाका वर्तमान कार्यसमितिका एक जना पदाधिकारीले पुष्टि गरेका छन् । यद्यपी उनले आफ्नो परिचय भने गोप्य राख्न भनेका छन् ।

नेपाल उद्योग वाणिज्य संघको आगामी कार्यकालको अध्यक्षका लागि शेखर गोल्छा पक्का भएका कारण नाडामा उनले चाहेको व्यक्ति अध्यक्ष बन्ने पक्का जस्तै भएको छ । अध्यक्षका दाबेदार दुलालले गोल्छासहित सिप्रदी र ज्योति समूहको समर्थन आफूलाई रहेको दाबी गरेका छन् । 

वर्तमान अध्यक्ष शम्भुप्रसाद दाहालले भने हालसम्म कसलाई सार्थन गर्ने भनेर खुलिसकेका छैनन् । उनलाई नाडाको साधारणसभा सौहार्दपूर्ण वाताबरणमा सम्पन्न गर्नुपर्ने बाध्यता रहेका कारण कुनै एक पक्षलाई चिढ्याउन उनी औपचारिक रुपमा खुलेका छैनन् । तर उनको समर्थन दुलाललाई हुने आँकलन गरिएको छ ।

प्रत्याशी दाहालले उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष र सदस्यहरु गरी आफ्नो १४ जनाको समूह तयार पारिसकेका छन् । कपुरीले भने टिम तयार पार्न सकेका छैनन् । 

नाम उल्लेख नगर्ने सर्तमा एक अटो व्यवसायीले भने,‘नाडाको आगामी अध्यक्ष शेखर गोल्छाले बनाउने हो, ज्योति ग्रुप र गोल्छाले जसलाई भन्छन्, त्यही अध्यक्ष बन्ने हो ।’ गोल्छा र ज्योति ग्रुपका उपाध्यक्ष एवम् पूर्व अर्थ राज्यमन्त्री रुप ज्योति नाडाका पूर्व अध्यक्ष समेत हुन् ।

उम्मेद्वारहरुले मंसिर २९ गते मनोनयन दर्ता गराउने गरी नाडाले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । पौष ४ गते बिहान ८ बजेबाट मतदान सुरु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved