६ महिना पनि नपुग्दै अर्थमन्त्री यु-टर्न, हाईब्रिड गाडीको भन्सार छुट खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 12:23:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हाइब्रिड सवारी आयातमा दिईदै आएको भन्सार छुट  हटाएको छ । अर्थ मन्त्रालयले मङ्सिर १६ गतेदेखि लागु हुने गरी हाइब्रिड सवारी आयातमा दिईदै आएको ५० प्रतिशत भन्सार महशुल छुट र ५० प्रतिशत अन्तशुल्क छुट हटाएको हो ।

सरकारले पेट्रोलियम इन्जिन र विद्युतीय मोटर दुवै जडान भई पेट्रोलियम पदार्थ वा विद्युतीय उर्जा मध्ये कुनै एकको शक्तिबाट गुड्न सक्ने तथा सवारी साधनमा भएको ब्याट्री विद्युतीय शक्तिको बाह्य स्रोतबाट चार्ज गर्न मिल्ने हाइब्रिड सवारीलाई उक्त छुट दिदै आएको थियो । अर्थ मन्त्री डा युवराज खतिवडाले आर्थिक बर्ष ७६/७७ को बजेट मार्फत यो ब्यबस्था गरेका थिए । तर ६ महिना पनि नपुग्दै उक्त निर्णय फिर्ता भएको हो ।

तर २०७६ भदौ ५ गतेभन्दा अघि प्रतीतपत्र (एलसी) खोलिएको वा चलान भइसकेको प्रमाणित भएको अवस्थामा पैठारी हुने सवारी साधनले भने उक्त भन्सार छुट पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved