नाडामा अध्यक्षसहित १९ कार्यसमिति सदस्य निर्बिरोध (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 08:10:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाईल्स एशोशियान नेपाल (नाडा) को नाडाको २० औं अध्यक्ष लगायत केन्द्रीय कार्य समितिको निर्वाचन निर्विरोध रुपमा सम्पन्न हुने निश्चित भएको छ । नाडाको निर्वाचनको लागि उम्मेदबारको मनोनयन पत्र दर्ता गर्ने मिति तोकिएको थियो । उक्त निर्वाचनको अध्यक्ष पदका लागि नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालको मात्र उम्मेदवारी परेकोले दुलाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । 

त्यसैगरी नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा १७ जनाको उम्मेदवारी दर्ता भएकोमा ३ जना उम्मेदवारले आफनो उम्मेदबारी फिर्ता लिएको अवस्थामा १४ जना केन्द्रीय कार्य समितिका सदस्यहरुको पनि निर्विरोध निर्वाचित हुने अवस्था बनेको छ । नाडाको ४ वटा संस्थागत सदस्यहरुको पनि निर्विरोध उम्मेदवारी परेको नाडाले जानकारी दिएको छ ।  नाडाको विधान अनुसार पदाधिकारीहरुको चयन ४३ औं वार्षिक साधारण सभापछि बस्ने पहिलो केन्द्रीय कार्य समितिको बैठकले गर्नेछ ।

नाडाको अव बन्ने केन्द्रीय कार्य समिति यस प्रकार हुनेछ ।






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved