गण्डकी प्रदेशमा महिन्द्राका ‘एक्सयूभी–३००’ को बिक्रि सुरु, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 08:25:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अग्नी इन्कर्पोरेटेडले गण्डकी प्रदेशमा महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल ‘एक्सयूभी–३००’ को बिक्रिवितरण शुरु गरेको छ । प्रदेशका  उद्योग, पर्यटन र पर्यावरण मन्त्री विकास लम्साल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा गाडी सार्वजनिक गरेका हुन्।

कम्पनीका अनुसार यस गाडीमामा सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषताहरु छन् । कम्पनीले यो गाडी एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८  र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध गराएको छ। गाडीको मूल्य मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि रु ३९लाख ७५ हजार र डब्लु ८ (अप्शनल) वर्गका लागि रु ५६ लाख ५० हजार रहेको कम्पनीले जनाएको छ । त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि रु ४१ लख २५ हजार, डब्लु ६ वर्गका लागि रु ४५ लाख, डब्लु ८ वर्गका लागि रु ५१ लाख ५हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५७ लाख २५ हजार तोकिएको छ । 

गाडी एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक र डी–स्याट सिल्भर गरी ६ रंगहरूमा उपलब्ध छ भने  एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार  यो १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्ने र १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved