बुटवलमा कियाको सेल्टोस कार, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2019 | 11:24:47 AM मा प्रकाशित

laxmi  sunrise bank

कियाको सेल्टोस कार बुटवलमा पनि सार्वजनिक भएको छ  । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल र कन्टिनेन्टल ट्रेडिङका प्रमुख सुहृद घिमिरेले रिवन काटेर शो रुमको शुभारम्भ गरेका हुन् ।

नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । 

कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो । कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि नेपालल्याउने कम्पनीका प्रमुख सुहृद घिमिरेले बताएका छन् । 

सेल्टोसमा १० इन्च स्क्रिन , बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी(कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्ट नेपाली बजारमा उपलब्ध   छ ।


हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved