औद्योगिक व्यापार मेलाबाट दुई वटा कोरियन लग्जरियस साङ्योङ् गाडी बिक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 12:49:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको औद्योगिक व्यापार मेलाबाट दुई वटा कोरियन लग्जरियस साङ्योङ् गाडी बिक्री भएको छ । उक्त कम्पनीको यस क्षेत्रको आधिकारिक बिक्रेता प्रभु ट्रेड लिंकले मेलामा राखेको स्टलबाट सोमबार दुईवटा गाडी बिक्रि भएको कम्पनीका अपरेशन हेड खेमानन्द भट्टराईले बताए । 

मेला अवलोकनकालागि आएका चार कन्या विजनेश ग्रुप नवलपरासीका अतित कुमार कोहार र अतित निर्माण सेवा सेमरा रुपन्देहीका राजेश्वर यादवले ती गाडी खरिद गरे । उनीहरुलाई बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा मेला स्टल पूर्वाधार निर्माण उपसमितिका संयोजक प्रकाश श्रेष्ठ र प्रभु ट्रेड लिंकका प्रवन्ध निर्देशक दिपेन्द्र यादवले बिक्री भएका गाडीको चावी हस्तान्तरण गरे । 

प्रभु ट्रेड लिंकले मेला अवधिभर मेला स्थलमा बुकिङ् हुने गाडीकालागि बुकिङ्मा एक लाख छुट वा ब्याङ्कक, दुबै र सिंगाुपर टुर प्याकेज, फूल ईन्स्योरेन्स, ईजि फाईनान्स र ट्याक्स छुटको अफर गरेको सेल्स हेड रोषन पौडेलले जानकारी गराए। बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस ९ देखि बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा २० औं संस्करणको औद्योगिक व्यापार मेला सञ्चालन गरेको मेलामा ५ सय स्टल राखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved