भेहीकल ट्र्याकिङ सीस्टमबारे नाडा प्रतिनिधि र राजश्व महानिर्देशबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 04:42:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल्स डिलर्स एसोसियसन अफनेपाल (नाडा) का प्रतिनिधि र राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीबीच भेटवार्ता भएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको ६ सदस्यीय टोलीले महानिर्देशक मैनालीसँग भेट गरी भेहीकल ट्र्याकीङ सीस्टम (भीसीटीएस) को कार्यान्वयनमा देखा परेका समस्याबारे छलफल गरेको छ ।

छलफलमा नाडा अध्यक्ष दुलालले भीसीटीएस प्रणाली बारे अटोमोवाइल्स व्यवसायीहरुलाई जानकारी दिन नाडाले प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएकोले उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न विभागबाट विज्ञको अपेक्षा गरिएको बताएका छन् । महानिर्देशक मैनालीले विभागले राखेको कम्प्युटराइज्ड सिष्टममबारे पनि नाडा प्रतिनिधिमण्डललाई अवगत गराएका थिए ।

नाडाको इतिहासमा राजश्व अनुसन्धान विभागसँग औपचारिक रुपमा छलफल गगरेको पहिलो पटक हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved