महिन्द्राका ‘एक्सयूभी–३००’ गाडी चितवनमा पनि, ४ भेरियन्ट र ६ रंगमा उपलब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2020 | 12:35:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले ‘एक्सयूभी–३००’ गाडी चितवनमा पनि बिक्रिवितरण शुरु गरेको छ। अग्नी इन्कर्पोरेटेडले ‘एक्सयूभी–३००’ गाडी गण्डकी प्रदेश र बुटवल पश्चात चितवनमा पनि बिक्रिवितरण सुरु गरेको हो।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उक्त गाडी उद्घाटन समारोहमा नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० गण्डकी प्रदेश र बुटवलमा जस्तै लोकप्रिय हुने बताए।       

कम्पनीकाअनुसार एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८  र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि ३९,७५,००० र डब्लु ८ (अप्शनल) वर्गका लागि रु ५६,५०,०००,   त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि  ४१,२५,०००, डब्लु ६ वर्गका लागि ४५,००,०००, डब्लु ८ वर्गका लागि रु ५१,५०,००० र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५७,२५,०००,  तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ ।

एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने  एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । एक्सयूभी ३०० मा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको कम्पनीको दाबि छ। 

नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved