नाडा प्रतिनिधिले ट्राफिक प्रमुखलाई भने, ‘ट्राफिक प्रहरी थोरै भए’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 04:26:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एशोसिएशनका प्रतिनिधिले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालसँग भेटघाट गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको १३ सदस्यीय नाडा प्रतिनिधिले महाशाखाका प्रमुख ढकालसँग राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र समस्या समाधानबारे छलफल गरेको छ ।

भेटमा महाशाखाका प्रमुख ढकालले ट्राफिक व्यवस्थापन गर्न चालक र पैदलयाात्रुहरुको सुरक्षका लागि सडकको जेब्रा क्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ति राख्ने व्यवस्थाका लागि नाडासँग मिलेर काम गर्न चाहेको बताएका छन् । नाडा अध्यक्ष दुलालले ट्राफिक प्रहरीको संख्या कम भएकोबारे महाशाखाको ध्यानाकर्षण गराएका छन् । उनले सडक दुर्घटना सक्दो घटाउने गरी भूमिका निर्वाह गर्न आग्रह गरे । महाशाखा प्रमुख ढकालले व्यवसायीले सवारी सधान विक्री गर्दा ग्राहकलाई ट्राफिक जनचेतना जगाउने पेपर दिने व्यवस्था गर्न सुझाव दिए । 

छलफलपछि नाडा अध्यक्ष दुलालले महाशाखाका प्रमुख ढकाललाई २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरे । नाडाले २०६७ साल देखि नै नाडाको प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्र सहित प्रोत्साहन स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । 

छलफलमा अध्यक्ष दुलालसहित उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल लगायत सहभागी थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved