बिजपाटी सम्बाददाता     Jan 16, 2020 | 05:47:36 PM


ruslan

अग्नि ग्रुपले सिन्धुलीको ढुंग्रेबासमा महिन्द्राका गाडी र ट्रयाक्टरको शोरुम स्थापना गरेको छ । शोरुमको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उद्घाटन गरे । 

शोरुम स्थापनाको अवसरमा कम्पनीले पाँच दिने निःशुल्क अटोमोबाइल डिभिजन सर्भिस क्याम्पको पनि घोषणा गरेको छ । पुस २८ देखि माघ ३ गतेसम्म चल्ने शिविरअन्तर्गत उपभोक्ताहरूले स्पेयर पार्टस्, ल्युब र अन्य सहायक सामग्रीमा १२ प्रतिशत छुट हुने जनाइएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7