सवा ३ अर्बले घट्यो गाडी आयात, कति छ ऋण लगानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 01:32:36 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७६/०७७ मा सवारी साधनको आयात घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ६ महिनामा ४६ अर्ब ८५ करोड ५३ लाख ४१ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको छ ।

गत आर्थिक वर्ष २०७५/०७६ को यो अवधिमा ५० अर्ब २१ करोड ६२ लाख ८५ हजार रुपैयाँको सवारी सधान आयात भएका थिए । गत वर्षको तुलनामा चालु वर्ष सवारी साधनको आयात गरेर ३ अर्ब ३६ करोड ९ लाख ४४ हजार रकम बचत भएको छ ।

सरकारले व्यक्तिगत घर तथा गाडी कर्जामा कडाई गरेका कारण सवारी साधनको आयात घटेको अटोमोबाइल्स व्यवसायीहरुको गुनासो छ । यसले सरकारको राजश्व लक्ष्यमा नै धक्का पुग्ने उनीहरुको गुनासो छ । राष्ट्र बैंकले पौष ८ गते मंगलबार एक सर्कुलर जारी गर्दै घर तथा गाडी खरिद गर्न ऋणीले लिने कर्जामा कडाइ गरेको थियो ।

राष्ट्र बैंकले आम्दानीको ५० प्रतिशतभन्दा बढी किस्ता नबढ्ने गरि कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएसँगै बजार झन खस्किएको अटो मोबाइल्स विक्रेताहरुको गुनासो छ । अटो मोबाइल्स डिलर्स एसोसियसन नाडाका नाडाका सचिव अनुप वराल सरकारी नीतिको असर व्यवसायमा परेको र त्यसको प्रत्यक्ष हानी सरकारलाई नै भईरहेको बताउँछन् ।

‘अटोमोबाइल्सलाई लक्जरी भन्ने, पैसा सबै विदेश जान्छ भन्ने । जनताले गाडी चढ्दा लक्जरी देख्ने, उहाँहरुले आफू चढ्दा किन देख्नु हुन्न ?’ वरालले भने । 

कति छ कर्जा प्रवाह ?

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको रिपोर्ट अनुसार १ खर्ब ८३ अर्ब ३ करोड ६० लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको छ । 

त्यस्तै १ खर्ब ३३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ टि.आर. लोन प्रवाह भएको छ । यस्तो प्रकारको कर्जाको ९० प्रतिशत हिस्सा गाडी आयातमा खर्च हुने गर्दछ ।

यसअघिः

अर्थमन्त्रीको अडानले अप्ठ्यारोमा अटो व्यवसाय, क्षेप्यास्त्र प्रहार भएको व्यवसायीको भनाई


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved