नाडा प्रतिनिधिले उद्योग सचिवलाई भने, ‘पूराना ऐनले व्यवसायमा समस्या भयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 04:02:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स डिलर्स एशोसियसनका पदाधिकारीले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालुँग भेट गरेका छन् । नाडा अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ टोलीले सचिव अर्यालसँग भेट गरी सवारी साधन पैठारी कर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नुपर्ने विषयमा छलफल गरेको छ ।

भेटमा नाडा अध्यक्ष दुलालले उक्त विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा समस्या आईपरेको जानकारी गराउँदै सवारीसाधन पैठारीमा असजिलो भएकाले सहजीकरणका लागि अनुरोध गरेका छन् । 

छलफलमा डा. अर्यालले यसबारे नेपाल राष्ट्र बैङ्क, बाणिज्य, आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभाग र भन्सारसँग छलफलगरी सहजीकरणका लागि निर्णय गरिने आश्वासन दिए । 

 छलफलमा नाडा अध्यक्ष दुलालसहित उपाध्यक्षद्धय करण चौधरी र आकाश गोल्छा, महासचिव सुनिल रिजाल समेत सहभागी थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved