नेपालमै निर्मित मोटसाइकल बिक्री सुरु, ६० हजार मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 12:14:19 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशमै बनेको बजाजको ‘डोमिनार ४००’को बिक्री सुरु भएको छ । स्वदेशमै एसेम्बल भएको यो डोमिनार हाल टेकुस्थित शोरुममा राखिएको छ । 

यो मोटरसाइकल भारतमा बनेकोभन्दा सस्तो भएको नेपालका लागि बजाजको वितरक एचएच बजाजका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । हाल टेकुस्थित शोरुममा मात्रै उपलब्ध रहेको यो डोमिनार केही समयमा नै अन्य शोरुममा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । 

भारतबाट आउँदा ५ लाख ८९ हजार ९ सय रुपैयाँ पर्ने यो मोटरसाइकल स्वदेशमै बनेपछि मूल्य ५ लाख २९ हजार ९ सयमा झरेको छ । ३७३.३ सिसिको डोमिनारको इन्धन क्षमता १३ लिटर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved