सुजुकीको गाडी किन्दा २ लाखसम्म नगद छुट, २ लाख कै एक्सचेन्ज बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 03:48:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ । उक्त कम्पनीले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बिमाको सुविधा पाउने कम्पनीले जनाएको छ । उक्त अफर नेपालमा रहेका सुजुकीका ३५ वटै डिलर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सुजुकीले हाल नेपालमा अल्टो के१०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी विक्री गर्दै आएको छ । उक्त अफर सिमित अवधिका लागि लागू गरेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved