अटोमोवाइल व्यवसाय जोगाउन सरकारसंग नाडाको यस्तो माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 01:06:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाईल्स एशेसिएशन अफ नेपालले लकडाउनका कारण अटोमोवाईल व्यवसायीहरु मारमा परेको भन्दै सरकारले विभिन्न प्याकेज ल्याउनुपर्ने माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नाडाले लकडाउनका कारण अटोमोवाइल व्यवसायमा परेको क्षतिलाई न्युनिकरण गर्न र यस व्यवसायलाई जोगाउन सरकारलाई विभिन्न व्याकेज ल्याउन अपिल गरेको हो ।

केही युरोपेली मुलुकहरु पनि जनताको दैनिकी र अर्थतन्त्रलाई केही चलायमान बनाउन लकडाउनलाई खुकुलो बनाएकोले नेपालमा पनि यस्तै निति अवलम्बन गर्नुपर्ने नाडाको माग छ । 

नाडाले सरकारसंग निम्न प्याकेजहरु ल्याउन माग गरेको छ

१. अटोमोवाइल उद्योग, वर्कशप, शो रुम र कार्यालयमा कार्यरत कर्मचारीलाई दिनु पर्ने तलवका विषयमा नेपाल उद्योग वाणिज्य महासंघले तय गरे अनुसार लक डाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गरिनु पर्ने । त्यसैगरी श्रमिकलाई भुक्तानी गर्नु पर्ने पारिश्रमिक, रोजगारदाता, श्रमिक र सरकार तीन ओटै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्ने व्यवस्था गर्नु पर्ने । लकडाउनको अवधि थप लम्बिदै गएको अवस्थामा स्थितिको मूल्याङ्कनगरी पारिश्रमिक भुक्तानी स्थगित गर्नु उपयुक्त हुने ।

२. भन्सार परिसरमा भएका सवारी साधन तथा स्पेयस पार्टस लगायतका बस्तुहरुमा लाग्ने डेमरेज चार्ज मिनाहा हुनु पर्ने । त्यसैगरी भारत तथा तेश्रो मुलुकबाट आयातको क्रममा रहेको कन्टेनरहरुको, कन्टेनर डिटेन्सन चार्ज पनि सतप्रतिशत मिनाहा हुनु पर्ने ।

३.  नेपाल राष्ट्र बैङ्कको हालै प्रकाशित निर्देशन अनुसार २ प्रतिशत बैङ्कको व्याज घटाउने निर्णय सकारात्मक र उत्साहजनक छ । यसै सन्दर्भमा बैङ्कहरुले पनि यो उत्तरदायित्व बुझेर आ—आफनोतर्फबाट पनि केही छुटको घोषणा गर्नु पर्दछ । र साथै व्यवसायको संरक्षणका लागि बैङ्क व्याजको किस्ता तिर्ने समयावधि ६ महिनासम्म थप गरिनु पर्ने । 

४. भ्याटको किस्ता २०७७ बैशाख २५ गतेसम्ब बुझाउनु पर्ने व्यवस्थालाई २०७७ साल जेठ २५ गतेसम्म पुर्याउनु पर्ने ।

५. देशको अर्थतन्त्रलाई केही चलायमान बनाउन अव २०७७ बैशाख २६ गते देखि व्यापार व्यवसाय र उद्योगक्षेत्रलाई शुरक्षित बनाउदै आफनो व्यापार व्यवसाय सञ्चालनको लागि लकडाउन खोल्नु पर्नेछ । अव पनि लक डाउन अवधि थपिएमा उद्योगी तथा व्यवसायीहरु धरासायी हुने छन् ।

६. लक डाउन खुले पछि नाडाले आफनो व्यापार व्यवसाय सञ्चालनका लागि शुरक्षित भएर सामाजिक दूरी मार्गनिर्देशन लाई अवलम्बन गर्न आफ्ना सदस्य कम्पनीहरुलाई जानकारी गराउने उद्धेश्यले शुरक्षा अवधारणा बनाएर अघि बढने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved