नागढुंगामा नेपालकै पहिलो ‘भेइकल डिसइन्फेक्सन टनेल’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 01:21:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमै पहिलो भेइकल डिसइन्फेक्सन टनेल नागढुंगामा बन्ने भएको छ । चन्द्रागिरि नगरपालिका र सुन्दर यातायात मिलेर नागढुंगामा भेइकल डिसइन्फेक्सन टनेल बनाउन लागेका हुन् । 

कोरोना भाइरसको नियन्त्रण गर्न काठमाडौं भित्रने नाकामा डिसइन्फेक्सन टनेल बनाउन लागिएको हो । नागढुंगामा २ वटा टनेल बनाउने कार्य मंगलबारदेखि सुरू भएको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिएका छन् । टनेल निर्माण सकिएपछि नागढुंगा हुँदै काठमाडौँ भित्रने सवारीसाधनलाई डिसइन्फेक्सनपछि मात्र प्रवेश दिईनेछ । 

टनेल निर्माण, मर्मत तथा औषधि सुन्दर यातायातले व्यवस्थापन गर्ने र पानी, बिजुली, सुरक्षा र सञ्चालन चन्द्रागिरी नगरपालिकाले गर्ने छ । उक्त टनेलको उद्धघाटन भने बिहिबार हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved