विद्युतीय गाडि प्युजा ईभी पहिलाकै मूल्यमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 07:30:13 PM मा प्रकाशित

laxmi  sunrise bank

साँग्रीला मोटर्सले आफ्नो प्युजो पार्टनस् टेपी ईभी पूर्व बजेट मूल्यमै उपलब्ध गराउने भएको छ । कम्पनीले प्युजा ईभी पहिलाकै मुल्य ५५ लाख रुपैयाँमा  उपलब्ध तथा विक्री गर्ने भएको हो ।

सरकारले बजेटमार्फत विद्युतिय गाडिमा कर बढाएपनि कम्पनीले प्युजो पार्टनस् टेपी ईभी गाडि पहिलाकै मुल्यमा बिक्री गरिरहेको जनाएको छ ।

टेपीमा शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको यो प्युजो पार्टनर गाडिले ६७ एच पी पावर, २०० एन एम टर्क, मात्र ४.२ सेकेन्डमा ३०।६० किमी प्रति घण्टाको रफ्तार तथा ११० कि. मी. प्रति  घण्टासम्म  गति लिन सक्छ । त्यस्तै यसमा जडित २२किलोवाट लालोन व्याट्रीले एक पटक चार्जमा १७० किमी सम्म गुड्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पार्टनर टेपी इभी आरामदायी तथा पूर्ण सुसज्जीत ५ सिटे  एमपिभीले वास्तवमै कम खर्चमा स्वचालित हुन्छ । जसमा भएको पछाडिका सिटहरु छुटाउन मिल्ने , फोल्ड गर्न मिल्ने  तथा  पूर्ण रुपमा झिक्न मिल्ने खालका छन् ।  पछाडिको सिटमा ३ जना आरामले सवारी गर्न मिल्छ ।  साथै सिट पछाडि फोल्ड गरी १३५० लिटर सम्म स्पेस पाउन सकिन्छ ।  सिटहरु झिकी यसले ३००० लिटर सम्म कार्गो तथा वुट स्पेस दिने जनाइएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved