जिरो प्रतिशत डाउन पेमेन्ट मै टिभिएसको बाइक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2020 | 01:06:08 PM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बा मोटर्सले टिभिएस बाइक तथा स्कूटरहरुको नयाँ बिक्री योजना “सुरक्षित यात्राको सुरक्षित सहयात्री”आरम्भ गरेको छ । योजनामा कम्पनीले टिभिएसको मोटरसाइकल वा स्कुटर खरीदमा चार प्रकारको अफरको व्यवस्था गरेको छ ।

उक्त योजना अन्तर्गत टिभिएस मोटरसाइकल तथा स्कूटर खरीद गर्ने ग्राहकहरूले जिरो प्रतिशत व्याजदर वा जिरो प्रतिशत डाउनपेमेन्ट वा १० हजार रुपैयाँ स्कूटरमा र  १२ हजार रुपैयाँ मोटरसाइकलमा  नगद छुट वा अहिले किन्न सकिनेछ र पछि सरल मासिक भुक्तानी गर्न सकिनेछ ।

यसैगरी ग्राहकहरुले अनलाइन मार्फत् पनि खरीदको लागि अर्डर गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कूटर उपलब्ध गराउने होम डेलिभरीको सुविधा समेत प्रदान गर्ने बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved