इसुजुको नयाँ गाडी नेपालमा, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 05:19:47 PM मा प्रकाशित

laxmi  sunrise bank

इसुजु गाडीको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले भी–क्रसको परिष्कृत संस्करण सार्वजनिक गरेको छ । ७० लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको तथा २० वटा नयाँ फिचर थपिएको उक्त गाडीको बुकिङ खुलेको कम्पनीले जनाएको छ ।

यसमा रहेको ४–सिलिन्डर, कमन रेल, भिजिएस टर्बो इन्टरकुल्ड, २.५ लिटर डिजेल इन्जिनबाट चल्ने इसुजु भी–क्रसको नयाँ गाडीको इन्जिनले १३४ एचपी र ३२० एनएम टर्क प्रदान गर्ने कम्पनीको दाबी छ । २०१९ इसुजु भी–क्रसको नयाँ भर्सन अगाडिपट्टि नयाँ ग्रिल र नयाँ स्वरुपमा आएको थियो ।

कम्पनीका अनुसार नयाँ इसुजु भी–क्रस प्यासिभ इन्ट्री एन्ड स्टार्ट स्टप (पिइएसएस) प्रणालीमा आएको बताईएको छ । 

भारतको आन्ध्र प्रदेशमा रहेको इसुजु मोटर्स इन्डिया म्यानुफेक्चरिङ प्लान्टमा उत्पादित भी–क्रस सफायर ब्लु र सिल्की पर्ल ह्वाइट गरी थप दुई रङमा समेत उपलब्ध हुने भएको छ ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज दुई दशकदेखि नेपालमा गाडी र हेभी सवारीको कारोबारमा संलग्न छ । यसले कोमास्तु ब्रान्डको निर्माण र माइनिङ उपकरण, कियाको प्यासेन्जर भेइकल, ओटिस ब्रान्डको इलेभेटर, फुरुकावा ब्रान्डको ड्रिलिङ उपकरण, इसुजु ब्रान्डका गाडी बिक्रि गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved