ईसुजु गाडी किन्दा आम्दानी गर्नु अगाडी नै बचत गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 01:45:20 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी कमर्सियल भेहिकलको SML ISUZU ले बचत प्याकेजको सुरुवात गरेको छ । यस प्याकेज मार्फत ग्राहकहरुले आम्दानी गर्नु अगावै बचत गर्ने मौका पाउनेछन् ।  

SML ISUZU ले यस प्याकेज अन्तर्गत ग्राहकहरुले  कमर्सियल भेहिकलको खरिद गर्दा पहिलो ६ महिना गाडी कर्जाको मासिक ब्याजसहितको किस्तामा सत प्रतिशत छुट प्रदान गर्ने छ । उक्त छुट प्याकेजमा आबद्ध बैंक मार्फत फाइनान्स गरिएका मोडेलहरुमा मात्र लागु हुनेछ । यस प्याकेज मार्फत ग्राहकहरुले आफुले खरिद गरेको कमर्सियल भेहिकलबाट हुने आम्दानी अगावै बचत गर्न सक्नेछन् । यसका साथै ग्राहकहरुले निस्शुल्क १ वर्षको विमा, निस्शुल्क १ वर्षको सडक कर, सरल फाइनान्स, स्पट एक्सचेन्ज र ३ वर्षको वारेन्टी पाउनेछन् । 

लक्ष्मी कमर्सियल भेहिकलले स्कुल बसहरु, व्यापारिक/निजी बसहरु, ट्रक र टिप्परहरु भित्र्याइसकेको छ  । यसमा S7 series Buses, Standard Buses, Executive LX Coaches(AC Buses), Eco Max- Mini Buses, Samrat GS Series Truck & Tippers and Sartaj 4WD गाडीहरु समावेश छ । 

SML ISUZU Ps Japanese Multi-National Sumitomo Corporation / ISUZU Motors बिचको संयुक्त लगानीयुक्त कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved