दराजबाट सार्वजनिक भयो अपाचे आरटीआर १६० फोर भी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 05:28:34 PM मा प्रकाशित

laxmi  sunrise bank

टीभीएस मोटरसाइकलको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोर भी को सिंगल डिस्क भेरियन्ट दराज एपमार्फत सार्वजनिक गरेको छ । कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको आरटीआर १६० फोर भी अब सिंगल डिस्कमा पनि उपलब्ध गराएको हो । 

आरटीआर १६० फोर भी डबल डिस्क जस्तै सम्पूर्ण फिचरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ । 

दराजले चलाई रहेको ‘दराजले महाबचत योजना’ सकिए लगतै नयाँ आरटीआर १६० फोर भी सिंगल डिस्क सार्वजनिक गरिएको हो । नेपालमा नै पहिलो पटक कुनै पनि कम्पनीले आफ्ना उत्पादनको सुरुवात नै डिजिटल प्ल्याटफर्म मार्फत गरेको यो पहिलो पटक हो । 

‘हामीले दराजको महा बचत योजनामा आरटीआर १६० फोर भी को सिंगल डिस्क भेरियन्ट सार्वजनिक गरेका छौं । अहिले कोभिड १९ को कारण सामाजिक दुरी कायम गर्दै अगाडि बढ्नु पर्ने भएकाले यसको लञ्चिङ नै डिजिटल प्ल्याटफर्मबाट गर्न उचित हुने लागेर दराज मार्फत नै बिक्री सुरु गरेका हौं’, जगदम्बा माटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने ।

दराजबाट यो मोटरसाइकल किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने छन् । दराजमा यो योजना ७ दिनको लागि रहने छ । 

कम्पनील्े आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ । दराज एप मार्फत खरिद गर्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने छन् । मोटरसाइकलको छुटपछिको मूल्य २ लाख ५८ हजार ९०० रुपैयाँ हुने छ । 

यसमा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । 

आरटीआर १६० फोर भी मा रहेको १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ, आयल कुल्ड इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८ हजार आरपीएममा र १४.८ एनएम टर्क ६ हजार ५०० आरपीएममा उत्पादन गर्छ ।

यसलाई कम्पनीले मेटालिक व्ल्यू, रेसिङ रेड र काइनाइट व्ल्याक रंगमा बजारमा ल्याएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved