अब अनलाइनबाटै टाटाका गाडी किन्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 11:32:17 AM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको गाडी विक्रीका लागि सिप्रदी ट्रेडिङको आधिकारिक डिलर शशिला मोटर्सले गाडी खरिदका लागि अनलाईन सुविधा दिने भएको छ । कम्पनीले घरमै बसेर आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने सुविधाको शुभारम्भ गरेको हो । यससंगै अब उपभोक्ताले टाटाका गाडीहरु अनलाइनबाटै खरिद गर्न सक्नेछन् । 

www.shasheelamotors.com मार्फत नेपालमै पहिलो पटक यो सेवा सुरु गरेको हो । यसअघि केही कम्पनीहरुले निजी कार अनलाइनबाट खरिद विक्री गर्ने गरेको भए पनि ब्यवसायिक गाडीहरुमा यस्तो सुविधा थिएन ।

वेबसाइट शुभारम्भ गर्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अहिलेको परिस्थितिमा नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी खरिद विक्री गर्न भर्चुअल शोरूम नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने बताए । 

शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले अबको बजार भनेको डिजिटल मार्केट नै भएकाले यसलाई ब्यापक र सर्वसुलभ बनाउँदै लैजानुको विकल्प नभएको बताए ।

वेब साइट भित्रको Virtual -Showroom मार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुन सुकै मोडलका नयाँ, पुराना गाडी छान्न सक्नेछन् । आफूसंग भएका पुराना ब्यवसायिक गाडी विक्री गर्न चाहने विक्रेताले गाडीबारे विस्तृत विवरण र फोटो सजिलै वेब साइटमा अपलोड गर्न सक्नेछन् । शशिला मोटर्सले आफ्नो सम्पर्कमा रहेका पुराना गाडी किन्न चाहने उपभोक्ता र बेच्न चाहने विक्रेताविच समन्वय गरिदिनेछ भने आफैंले पनि पुराना गाडी किन्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved