सुजुकीका ग्राहकले दुई लाखसम्म एक्सचेन्ज बोनस पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 02:31:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्जको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले २६ साउनदेखि सुरु हुने गरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ । 

यस योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुने सुजुकिले जानकारी दिएको छ । बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल ६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन् । यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन् ।

कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ । सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्युनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ । 

यो योजना ३२ साउनसम्म यानि ७ दिनका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved