‘अटो शो’को १० वर्षे यात्रा स्थगित, ५ सय करोडको कारोबार गुम्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 10, 2020 | 06:09:18 PM मा प्रकाशित

laxmi  sunrise bank

हरेक वर्ष दशैँ तिहार जस्ता चाडपर्व लक्षित हुँदै आएको ‘नाडा अटो शो’ यस वर्षका लागि भने टरेको छ । कोरोना भाइरसको संक्रमण फैलदो अवस्थामा रहेको र सरकारले भिडभाड नगर्न आग्रह गरेका कारण यसवर्ष भदौमा अटो शो हुने सम्भावना टरेको हो ।

नाडा अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद दुलाल भदौमा अटो शो हुने सम्भावना टरेका कारण कोभिड–१९ संक्रमण दर घटे आगामी फेब्रुअरीमा आयोजना गरिने बताउँछन् । नाडाले विगत १० वर्षदेखि हरेक वर्ष आयोजना गर्दै आएको अटो शो मार्फत विभिन्न कम्पनीले आफ्ना चाडपर्वका अफरहरु सार्वजनिक गरी व्यापार गर्ने गरेकामा यसवर्ष भने त्यो अवसर गुम्ने पक्का भएको हो । 

‘अब भदौमा नै अटो शो हुने सम्भावना रहेन’ नाडाका अध्यक्ष दुलालले भने, ‘कोभिडको खतरा रहेको भन्दै मानिसहरु भेला हुन सरकारले निषेध गरेको छ, संक्रमणको दर पनि कम भएको छैन । यसका कारण यसपाली भदौमा अटो शो आयोजना हुँदैन ।’

उनले वातावरण अनुकल भए आगामी फेब्रुअरीमा अटो शो आयोजना गरिने बताए । 

५ सय करोडको कारोबार शून्यमा झर्यो

नाडा अटो शो मा हरेक वर्ष कम्पनीहरु थप हुने क्रम बढ्दो थियो । बैंक तथा वित्तीय संस्थाले अटो शो आयोजना स्थलमै स्टल राखेर फाइनान्सिङ सुविधा दिन थालेका थिए । बीमा कम्पनीहरुले पनि चासो दिन सुरु गरेका थिए ।

गत नाडा अटो शो को १४ औँ संस्करण भदौ १० गतेबाट सुरु भएको थियो । गत वर्षको अटो शो मा चार पाङ्ग्रे सावारी विक्रेता २३ र दुई पाङ्ग्रे सवारीका १९ विक्रेता कम्पनीले सहभागिता जनाएका थिए । गतवर्ष १२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी र १३ वटा वित्तीय संस्था गरि ९५ ब्राण्डले सहभागिता जनाएको अटो शोमा १६० वटा स्टल तथा ब्लक राखिएका थिए ।

‘हरेक वर्ष कारोबार बढ्दो क्रममा थियो’ नाडाका अध्यक्ष दुलाल भन्छन्, ‘गत वर्षसम्म आइपुग्दा कारोबार रकम ५ सय करोड पुगेको थियो, तर अब यसपाली शून्यमा झर्ने भयो ।’

यसपालीको अफर प्रभावहीन

कम्पनीहरुले साउनमै केही अफर ल्याएपनि त्यो नाडा अटो शोबाट सार्वजनिक गरेजस्तो प्रभावकारी भने नहुने बताएका छन् । दुई पांग्रे र चार पांग्रे सवारी साधनका बिक्रेताहरुले लकडाउन खुलेपछि नै अफर ल्याएर व्यवसाय चलायमान गराउन खोजेपनि अटो शोको जस्तो प्रभाव नपर्ने व्यवसायीको भनाई छ । 

‘व्यापार नै नभएको अवस्थामा अफरले खासै भूमीका खेल्छ जस्तो लाग्दैन’ अध्यक्ष दुलाल भन्छन्, ‘तैपनि व्यवसायी साथीहरु लागिरहनु भएकै छ, तर नाका बन्द छन्, जोर विजोर प्रणाली लागू गरिएको छ । काठमाडौँमा मात्रै घुमेर मात्रै त व्यापार हुँदैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved