२ सय सीसीको अपाचेको नयाँ संस्करण नेपालमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 03:04:58 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस मोटर ले अपाचे आर.टि.आर २०० ४भिको नयाँ संस्करण सार्वजनिक गरेको छ। नेपालमा टिभीएस्  मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु, कम्पनीको नेपालस्थित् आधिकारिक वितरक जगदम्बा मोटर्सले भित्र्याउने गरेको छ। 

लाईभ स्मार्ट लन्च कार्यक्रम, जगदम्बा मोटर्सको आधिकारिक युट्युब च्यानल, फेसबुक पेजसंगै १०० भन्दा बढी पेजमार्फत प्रशारण गरिएको थियो । राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले नयाँ स्मार्ट अपाचे आर.टि.आर २०० ४ भि अनावरण गरे । 

टि।भि।एस अपाचे आरटिआर २०० ४भिको यो नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त छ। यस मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता सेवा जडान गरिएका छन् । 

टिभिएस मोटर कम्पनीका कार्यकारी उपाध्यक्ष तथा अन्तराष्ट्रिय व्यवसाय प्रमुख, आर. दिलीपले नेपालमा अपाचे आर.टि.आर २०० ४भिको नयाँ २०२० संस्करण भित्र्याउन पाएकोमा खुशी भएको बताए । 

अपाचे आरटिआर २०० ४भिको नयाँ २०२० संस्करणमा १९७.७५ सिसि एकल सिलिण्डर, ४–स्ट्रोक, ४–भल्भ, ओएल कुल्ड इन्जिन मोटर रहेको छ जसले ८ हजार ५०० आरपिएममा २०.५पिएस् र ७ हजार आरपिएममा १८.१  एनएम पावर उत्पादन गर्दछ। यो मोटरसाइकल सायीनिङ कालो र पर्ल सेतो रङ्गमा नेपालमा उपलब्ध हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved