नयाँ मोडलको सुपर स्प्लेन्डर नेपालमा, कति पर्छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 01:30:39 PM मा प्रकाशित

laxmi  sunrise bank

मोटरसाइकल तथा स्कूटरकोे निर्माता हिरो मोटोकर्पले सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ । कम्पनीले एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित सुपर स्प्लेन्डर बिहीबार बजारमा ल्याएको हो । 

उक्त स्प्लेन्डर परिस्कृत सुरक्षा विशेषता रहेको आईबीएसएक छ । जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेककाबीचमा ब्रेकलाग्ने कार्यको वितरणलाई सक्षम तुल्याने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले सवारी चालककालागि अतिरिक्त सुरक्षा प्रदान गर्दछ ।

सुपर स्प्लेन्डर अब (आईबीएस) सहित देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसको मूल्य एक लाख ९८ हजार रुपैयाँ कम्पनीले कायम गरेको छ । 

नेपालमा उक्त स्प्लेन्डर ल्याउनपाउदा आफुलाई खुसी लागेको हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुखरजत भार्गवले जनाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved