डिएफएसके ब्राण्डको ग्लोरी ५६० नेपालमा भित्रदै, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 04:15:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कुजु नेपालले डिएफएसके ग्लोरी ५६० को पनि बिक्री सुरु गर्ने भएको छ । कम्पनीले यसअधि यसअघि डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको हो ।

कम्पनीका अनुसार इन्डोनेसियामा उत्पादन हुँदै आएका डिएसएफके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पुरा भएको छ । एक वर्षको भएसंगै कम्पनीले अब ग्लोरी ५६० पनि विक्री गर्ने जनाएको छ । नयाँ वर्षसंगै ग्लोरी ५६० नेपालमा विक्री गर्ने योजना रहेपनि कोभिड महामारीका कारण केही ढिला भएको कम्पनीले जनाएको छ । 

‘नेपालमा उच्च प्रतिस्पर्धाको बाबजुदपनि हामीले डिएफएसकेका उत्पादनलाई ग्राहकसम्म पुर्याउन सकेका छौं । यसले भोलिका दिनमा अझ राम्रा राम्रा मोडल ल्याउँदै अगाडी बढ्ने हौसला प्रदान गरेको छ ।’ कुजु नेपालका संचालक उमिद श्रेष्ठले भने ।

कम्पनीका अनुसार यस्ता छन् ग्लोरी ५६० का विशेषताहरुः 

ग्लोरी ५६० को लम्बाई ४५१५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ । यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ । गाडीको तौल भने २००५ केजी रहेको छ । ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ ।

सुरक्षा फिचर:

ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिब प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७

इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिब अटो लक, क्र्यास

अटो अनलक जस्ता फिचर यसमा पाउन सकिन्छ ।

इन्टेरियर र फिचर:

ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिब इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा,

पुस स्टार्ट स्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ । कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गर्ने छ ।

कम्पनीले ग्लोरी ५६० को मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved