निषेधाज्ञा पूरै हट्नुपर्छ: नाडा अध्यक्ष दुलाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 10:32:12 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुलेसँगै सबै खालका पसल व्यवसाय निश्चित समय तोकेर सञ्चालन हुने भएका छन् । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले निश्चित समय वा दिन तोकेर उपत्यका भित्र पसलहरु खोल्न दिने निर्णय गरेसँगै अटो मोबाइल्स सम्बन्धि पसल व्यवसाय सातामा २ दिन खुल्ने भएका छन् ।

तर सातामा २ दिन मात्रै पसल खोल्न दिँदा झन भिडभाड हुने भन्दै व्यवसायीले सकेसम्म सबै दिन पसल खोल्न दिने माग गरेका छन् । सिमित दिनमा मात्रै पसल खोल्दा मानिसको भिड हुँदा संक्रमणको जोखिम ज्यादा हुने भएकाले यो प्रणालीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनका अध्यक्ष कृष्ण प्रसाद दुलालको भनाई छ ।

‘शोरुमहरुलाई सातामा २ दिन मात्रै खोल्न दिने भनिएको छ, तर २ दिन मात्रै भनेपनि सबै दिन स्वास्थ्य प्रोटोकल पालना गर्न लगाएर शोरुम खोल्न दिनुपर्छ’ उनले भने, ‘हामी आफैँ पनि प्रोटोकल पालना गर्छौँ, अब भोकले मर्ने अवस्था आउन नदिन मापदण्ड अपनाउँदै पूरै खोलेर जानु नै उपर्युक्त हुन्छ ।’ 

उनले व्यवसायीहरु सातामा २ दिन मात्रै शोरुम खोलेर नबस्ने र सातै दिन खोल्ने बताएका छन् । 

‘वर्कशपहरु बिहान ८ देखि ११ बजेसम्म सातै दिन खोल्न दिने भनेको छ, यसले स्पेयर पार्टसहरु बिक्रि गर्ने व्यवसायीहरुलाई सजिलो नै हुन्छ’ अध्यक्ष दुलाल भन्छन्, ‘अहिले सरकारले गरेका निर्णयहरुको स्वागत गर्दै अब विस्तार पूरै खोल्नुपर्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved