कहाँ पुग्यो दुई पाङ्ग्रेमा वैकल्पिक लाइसेन्सको बहस ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 10, 2020 | 01:49:01 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा निषेधाज्ञा केही खुकुलो भएपनि यातायात कार्यालयहरु भने बन्द नै रहने छन् । चैत्र ११ पछि मूलुक लकडाउन हुँदा सवारी साधन सञ्चालन अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को काम हुन सकेको छैन । ट्रायल लिएर लाइसेन्स प्रदान गर्ने काम प्रदेश सरकार मातहत गएपनि अहिले यो काम पूर्ण रुपमा बन्द छ । 

उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै लाइसेन्सको परीक्षा र ट्रायल खुल्ने अपेक्षामा रहेका सेवाग्राहीले भने अझै अनिश्चित कालसम्म कुर्नु पर्ने भएको छ । प्रदेश सरकारले कुनै निर्णय गर्ने क्षमता नराखेको र केन्द्र सरकारले बनाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कै भर परेर बसेका कारण ड्राइभिङ लाईसेन्सको ट्रायल लिने काम र छापिएका लाइसेन्सको वितरणको काम हुन सकेको छैन ।

‘हामीले अहिले नै निर्णय गरेका छैनौ, हामीले गर्ने भनेको अहिले छापिएका लाइसेन्सको वितरण हो’ वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन कुमार सिंह भन्छन्, ‘यो पनि अहिले हामी केन्द्र सरकारकै कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकै निर्णय अनुसार चलिरहेका छौँ ।’

अधिकार पनि आंशिक मात्रै

केन्द्र सरकारको यातायात व्यवस्था विभागमार्फत हुँदै आएको सवारी साधनको लाइसेन्स वितरणको काम अब प्रदेश सरकारमार्फत हुने भनिएपनि प्रदेश सरकारले भने पूर्ण अधिकार नपाएको गुनासो गरेको छ । प्रदेश सरकारले ट्रायल खुल्दा ट्रायल लिने, रसिद काट्ने र उक्त रसिद पुनः विभागलाई नै पठाउने मात्रै काम पाएको छ । प्रदेश सरकारले काटेको रसिद पाएपछि विभागले स्मार्ट लाइसेन्स छपाईको काम गर्छ र छपाई सकेर पुनः प्रदेशमा पठाउँछ । त्यसपछि प्रदेश सरकारले वितरण गर्छन् ।

‘हामीले ट्रायल खुलेको बेलामा ट्रायल लिने काम गर्छौ, अहिले त बन्द छ’ प्रवक्ता सिंह भन्छन्, ‘ट्रायल लिने र रसिद काट्ने काम प्रदेश सरकारको भएपनि छपाईको काम केन्द्र सरकार मातहतको यातायात व्यवस्था विभागले नै गर्दै आएको छ ।’

कर्मचारी प्रदेशका भएपनि सफ्टवेयर र सिस्टम विभागसँगै रहेको प्रदेशका अधिकारीहरु बताउँछन् ।

वैकल्पिक लाइसेन्सको बहस सेलायो

२ पाङ्ग्रे सवारी साधनको चालक अनुमति पत्र (लाइसेन्स) मा वैकल्पिक व्यवस्था गर्नेबारे बहस सुरु भएपनि त्यो बहस सेलाएको छ । पहिलो पटक भएको लकडाउन खुल्नासाथ नीजि सवारीको रुपमा २ पाङ्ग्रे सवारीको व्यापार बढेको छ । तर लाइसेन्सको ट्रायल परीक्षाको काम बन्द छ । यस्तो अवस्थामा सवारी धनीले कुनै वैकल्पिक व्यवस्था भईदिए सहज हुन्थ्यो भनेपनि यसबारे कुनै निर्णय नभई बहस सेलाएको छ ।

‘ट्रायल परीक्षा पास भएपछि उसलाई रसिद दिईन्छ, रसिद पनि लाइसेन्स सरह नै हो, रसिद बोक्नेलाई पनि बाइक हाँक्न दिईएको छ’ प्रवक्ता सिंहले भने, ‘लाइसेन्स नै नभई चलाउन दिने भन्ने कुरा आउँदैन, यस्तै अर्को कुनै वैकल्पिक व्यवस्था गर्न सकिन्छ की भनेर कुनै छलफल र निर्णय भएको छैन ।’ 

यसअघिः

दुई पाङ्ग्रेमा लाइसेन्स अनिवार्य नगर्न माग, विकल्प खोज्दै सरकार

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved