हुन्डाई फेष्टिभ डिलाइटका विजेतालाई साँचो हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 12:39:27 PM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाई अटोमोबाइल्सको नेपालकालागि एक मात्रआधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । कम्पनीका अनुसार एक कार्याक्रमका बीच हुन्डाईले कार्यक्रममा विजयीहरु नागेश्वर प्रसाद शाह र शालिकराम अधिकारीलाई पूरस्कार हस्तान्तरण गरीएको हो । जसमध्य शाहले भेनस र अधिकारीले  स्यान्ट्रो मग्न गाडी पाएका हुन् । 

लक्की ड्र मार्फत गरीएको विजेता छनौट कार्याक्रमको प्रत्यक्ष प्रसारण हिमालयन टीभीबाट गरीएको थियो । बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनाल थिईन् । 

कम्पनीका अनुसार भरत सिंह पौडेल, चन्द्र मणी पौडेल, जेश घिमि, महेश्वर लाल सिंह, कृष्ण प्रकाश पौडेल शर्मा, राजु शाह, दल बहादुर बिक, बिजय अग्रवाल, गणेश हार्डवेर, एनआइसि एसिया बैंकका सीओ निर्भीक सापकोटा, रखातु इन्टरनेशनलले दुबई भ्रमण जितेका थिए ।

फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईकका भाग्यशाली खरिदकर्ताहरुले एक थान स्यान्ट्रो मग्न, एक थान भेनस, १० जोडीले दुबई भ्रमण सहित स्क्राच कार्ड मार्फतनगद छुटपनि प्राप्त गरेका थिए । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गरेको भन्दै ग्राहकप्रति अभार प्रकट गरे ।

कम्पनीका अनुसार सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहितउ पलब्ध  छन् ।  लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved