हुण्डाईको नयाँ गाडी नेपालमा, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 06:03:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोस सार्वजनिक गरेको छ । लामो समयदेखि बजारमा प्रशंसा गरिएको कार मध्येको एक यो कारलाई हुन्डार्ईले स्टाइलिश केही थप विशेषताहरु भएको ग्रान्ड आई टेन नियोस बजारमा ल्याएको हो ।

हुन्डाई ग्राण्ड आई टेन नियोस Kappa Dual VTVT Technology मा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ ps÷६००० rpm पावर दुबै म्यानुुअल तथा स्वचालित ट्रान्समिसन विकल्पहरुमा पाउन सकिनेछ । ग्राण्ड आई टेन नियोसले 5–speed र स्मार्ट अटो AMT दुबै किसिमको transmission मा उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसमा Glossy Black Radiator Grille, Boomerang, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा १४ inch alloy ह्वील पाउन सकिन्छ । हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

एप्पल कारप्ले, एन्ड्रोइड अटो र best-in-segment टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०.२५ सि.एम.) का साथै रियर एसी भेन्ट जस्ता सुविधायुक्त ग्राण्ड आई टेन नियोसमा Strong Body Structure 65% (AHSS+HSS), Front Dual Airbags, सेन्सर भएको Rear Parking Camera, इबिडी का साथ Anti-lock Braking System, र Driver Rear View Monitor जस्ता विशेषता उपलब्ध छ ।

कम्पनीले यो गाडीको सुरुवाती मूल्य ३० लाख ९६ हजार कायम गरेको छ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved