नेपालमै पहिलोपटक काठमाडौँबाट रामेछाप हिड्यो लामो दूरीको बिजुली बस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 01:06:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बिजुलीबाट चल्ने लामो दूरीको मिनिबस सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ । भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनीले पहिलोपटक लामो दूरीमा बिजुली बस सञ्चालनमा ल्याएको हो । काठमाडौँबाट रामेछापको जिल्ला सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालन गर्ने गरी आजबाट सेवाको सुरुवात भएको हो ।

पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सेवाको सुरुवात गरेका हुन् । सेवा शुभारम्भ भएसँगै कोटेश्वरबाट आज दुईवटा बिजुली मिनी बस मन्थलीतर्फ हिडेका छन् । 

बीस सिट क्षमताका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट ल्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिक पावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोवाइल चार्जर, एयर ब्याग र फोल्डिङ सिट रहेका छन् । गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ ।

बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले आफ्नै देशमा उत्पादित बिजुलीको खपत बढाउन र आयातित इन्धन प्रतिस्थापनमा यी बसले योगदान पुर्याउने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved