दशैंमा फोर्डका गाडी किन्नेलाई ३ अफर: ६ महिनाको किस्ता छुटदेखि साढे ४ लाख उपहारसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 02:35:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि जिओ फोर्डको आधिकारिक विक्रेता जिओ अटोमोबाईल्स (जिओ फोर्ड) ले ल्याएको दसैँ–तिहार लक्षित योजना ल्याएको छ। यस योजनाअन्तर्गत गाडी खरिदमा ग्राहकले  ४ लाख ५० हजार रुपैयाँसम्म जित्ने मौका पाउने कम्पनीले जनाएको छ। 

कम्पनीले स्क्र्याच कार्ड, ६ महिने इएमआई होलिडे र स्थगित भुक्तानी गरि तीन योजना ल्याएको छ। जसमा गाडी खरिद गर्ने ग्राहकले कुनै एक योजना छनौट गर्नुपर्ने  हुन्छ। 

स्क्र्याच कार्ड अन्तर्गतको योजनामा ग्राहकले तीन वटा कार्ड प्राप्त गर्नेछन र त्यसमध्ये एउटा कार्डमा न्युनतम २५ हजार र अधिकतम एक लाख ५० हजारसम्म जित्न सक्नेछन। यस योजना छनौट गर्ने ग्राहकले विस्तृत बीमा र आधारभूत एसेसोरिज समेत पाउने छन।

त्यस्तै ६ महिने इएमआई होलिडे योजना छनौट गर्ने ग्राहकले ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु पर्दैन। कम्पनी आफैंले नै पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरिदिनेछ।  

तेस्रो योजनाअन्तर्गत ग्राहकले  स्थगित भुक्तानी छनौट गर्न सक्नेछन। यस योजना अन्तर्गत  ३० प्रतिशत डाउनपेमेन्टका साथै बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी दिन सक्नेछन। बाँकी २० प्रतिशतको लागि ग्राहकलाई ४ महिनाको थप अवधि मिल्नेछ। सो ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाई किस्तामा तिर्नु पर्ने हुन्छ। बाँकी रकम तिरी सकेपछि बैंक लोनको लागि प्रस्ताव अगाडि बढ्नेछ। 

जुनै योजना छनौट गरेपनि ग्राहकले गाडीको बुकिङ्गमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरु प्राप्त गर्ने कम्पनीका प्रतिनिधि सुमन रेग्मीले बिजपाटीलाई बताए। उनकाअनुसार यी योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्टको भेरियन्टहरुमा उपलब्ध छ। जिओ फोर्डका यी गाडीहरु नेपालमा ३० लाखदेखि एक करोड ५९ लाख रुपैयाँसम्म उपलब्ध छन् । 

गाडीहरुको मूल्य:







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved