दशैंमा बजाज मोटरसाइकल किन्नेलाई ३ अफर: नगद छुटदेखि बिना ब्याजमा किस्तासम्म

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 20, 2020 | 07:27:08 PM मा प्रकाशित

nj

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले दशैं तिहारको उपल्यक्षमा “रोजेरै खुसी” योजना सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वको अवसर पारेर विभिन्न तीन विकल्प सहितको उक्त अफर सार्वजनिक गरेको हो ।   

योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफरहरु मध्ये एक अफर छनौट गरी लाफ लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले १० हजार रुपैयाँ नगद छुट, बिना ब्याजमा ५० प्रतिशतल डाउन पेमेन्टमा र २० प्रतिशत डाउनपेमेन्टमा फाइनानसिंग सुविधा रहेको अफर ल्याएको हो । ग्राहकले उक्त अफर मध्ये एक मात्र अफर छनौट गर्न पाउने छन् । कम्पनीका अनुसार उक्त अफरहरु बजाजका सबै शोरुमहरुमा उपलब्ध रहेको छ । 

योजनाको आरम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । चाडपर्वमा ग्राहकको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।”


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved