हुण्डाईको नयाँ गाडी नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 04:07:50 PM मा प्रकाशित

laxmi  sunrise bank

हुण्डाईको नयाँ उत्पादन नेपाली बजारमा भित्रिएको छ । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईको “नयाँ क्रेटा-दिअल्टिमेट एसयूभि”नेपाली बजारमा सार्वजनिक गरेको हो ।

अनलाई प्रविधि मार्फत “क्रेटा-दि अल्टिमेट एसयूभि” नेपालमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ क्रेटाको बारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका  महा–प्रबन्धक रूपेश शर्मा भट्टले भने, “वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजार भन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको छ । अब क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँ क्रेटा-दि अल्टिमेट एसयूभिले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं ।”

नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ । जस्तै १.५ लिटर पेट्रोल र १.५ लिटर भि।जि।टी डिजेल इन्जिन । ट्रान्समिसनको अप्सनमा ६ स्पीड रहेको छ । जुन सबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहने छ ।


यस्तो छ हुण्डाईका उत्पादनहरुको मूल्य:




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved