रेनोको नयाँ गाडी नेपालमा सार्वजनिक, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 08:41:53 PM मा प्रकाशित

laxmi  sunrise bank

रेनोको नयाँ क्वीड गाडी नेपाली बजारमा सार्वजनिक भएको छ। क्वीडको सफलता पछि आकर्षक डिजाइन सहित रेनोको नयाँ क्वीड गाडी नेपाली बजारमा सार्वजनिक गरिएको कंम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार नयाँ क्वीड गाडी १ लिटर एससीई (स्मार्ट कन्ट्रोल इफिसेन्सी) पाउरट्रेन मैन्युअल र स्वचालित प्रसारण विकल्पहरूमा उपलब्ध छ। सुरुवाती मुल्य २४ लाख ९९ हजार कायम गरिएको यो गाडी रेनोको सबै डिलरसिपमा उपलब्ध छ। 

'नेपालमा नयाँ क्वीड भित्र्याउन पाउँदा धेरै उत्साहित छौं । हालको अवस्थालाई ध्यानमा राख्दै हामी डिजिटल प्लेटफार्मको प्रयोग गरेर गाडी लन्च गर्दैछौं र हामी पनि यो अवसर सबैलाई सुरक्षित र स्वस्थ रहन अनुरोध गर्दछौं' एडभान्स अटोमोबाइल प्रा.लि. का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved