नेपालमा किया सोनेटको मूल्य सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 01:58:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कियाको सब कम्प्याक्ट एसयुभी सोनेट गाडीको मूल्य सार्वजनिक भएको छ । नेपालका लागि कियाको एकल विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको हो । 

सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभी पछिको तेस्रो गाडी हो । जसको मूल्य कम्पनीले नेपालमा ३५ लाख ९० हजार रुपैयाँ तोकेको छ । जिटिएक्सप्लस भेरियन्टको मूल्य भने ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । कियाले शुक्रबार नेपाली बजारमा सोनेट सार्वजनिक गरेको थियो ।

 सब–४ मिटर एसयुभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा महिन्द्राको एक्सयुभी३०० को प्रतिस्पर्धि मानिन्छ । सोनेट सातवटासम्म कलर अप्सनमा उपलब्ध हुनेछन् । जसमा तीनवटा डुअल–टोन कलर थिममा हुनेछ । सोनेटमा एचटी लाइन (टेक लाइन) भेरियन्टमा एचटिई, एचटिके, एचटिकेप्लस, एचटिएक्स, एचटिएक्सप्लस समावेश छन् । उपलब्ध रंगको संख्या अर्डर बढेसँगै थपहुने कम्पनीले जनाएको छ । एचटिई, एचटिके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्रेभिटी ग्रे र इन्टेन्स रेडमा उपलब्ध छन् भने एचटिकेप्लस र एचटिएक्स भेरियन्ट अरोरा ब्ल्याक, बेसगोल्ड र इन्टेलिजेन्स ब्लु अप्सनमा उपलब्ध छ । 

सोनेटमा १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन, युभिओ कनेक्टिभिटीअप्सन, सब–उफर सहितको ७ वटा स्पिकर, एलइडी साउन्ड मुड ल्याम्प, कुलिङ फंसन्स सहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर लगायतका विशेषता छन् । प्रमुख सेफ्टी फिचर्समा ६ वटा एयरब्याग, इबिडी सहितको एबिएस, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्ट लगायत फिचरहरु छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved